इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि

 अर्थ बुलेटिन   २७ कार्तिक, २०७९



काठमाडौं । अष्ट्रेलियमा भर्खरै सम्पन्न टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो ।

फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि इंग्ल्यान्डले १३७ रनको लक्ष्य पाएको थियो ।

८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औषत सुरुआत गरेको इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation