अर्जेन्टिना र साउदी भिड्दै, आज चार खेल

 अर्थ बुलेटिन   ६ मंसिर, २०७९



काठमाडौं । कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ ।

स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना सुखद् सुरुवात गर्नेत तयारीछ । मेसीले यो प्रतियोगितामा नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन् । अर्जेन्टिनालाई मेसी सहित, लौटारो मार्टिनेज, डि मारिया,पाउलो डिबला जस्ता खेलाडीको साथ छ ।

साझ पौने सात बजे हुने खेलमा डेनमार्क र ट्युनिसिया खेल्नेछन् । यसैगरी राति पौने दश बजे मेक्सिको र पोल्यान्डबीच भिडन्त हुनेछ । पौने एक बजे फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।

समूह सी को अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् । चारै देशको कतार विश्वकपमा पहिलो खेल हो । यता, समूह डी मा समेत फ्रान्स र अस्ट्रेलिया तथा डेनमार्क र ट्युनिसियाको पहिलो खेल रहेको छ । सोमबार भएको खेलमा इङ्ग्ल्यान्ड र नेदरल्यान्डले जित निकाल्दा वेल्स र अमेरिकाले अंक बाढेका थिए । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation