विवादास्पद छवि वनाएका गोकुल वास्कोटा विजयीतस्बिरमा गोकुल बाँस्कोटाको विजयोत्सव

 अर्थ बुलेटिन   ९ मंसिर, २०७९



काभ्रे।विवादास्पद छवि वनाएका एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् ।

मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको छ ।

एमालेका धेरैजसो पदाधिकारीले निर्वाचन हार्दै गर्दा बास्कोटा भने विजयी भएका छन् । काभ्रे १ मा पनि एमालेकै रेशम लामाले माओवादीका उम्मेदवार सूर्यमान दोङलाई पछाडि पारेका छन् । काभ्रेका चार प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।

काभ्रे क्षेत्र नम्बर २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमालेका गोकुल बाँस्कोटाले विजयी ¥याली निकालेका छन् । 

कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका बाँस्कोटा र उनका समर्थकले विजयोत्सव मनाउँदै ¥याली निकालेका हुन् । 

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको काभ्रे २ को शुक्रबार सार्वजनिक मतपरिणामअनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याए । 
 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation