सिर्जनाका ‘भर्चुअल साउण्ड’

 अर्थबुलेटिन संवाददाता   २४ बैशाख, २०७७



काठमाडौँ  । कला र सिर्जना मुलुकका अमूल्य सम्पत्ति हो । सम्बन्धित मुलुकको पहिचान त्यहीँको कलाकारिताले जसरी पस्कन, देखाउन र बुझाउन सक्छ । अन्य कुनै चिजवस्तुले सजिलै अथ्र्याउन सक्दैन । मुलुकको सांस्कृतिक सम्पदा र ऐतिहासिक चिज वस्तु कला सिर्जनाले जीवन्त बनाएर राख्छ । एक दशकअघिका सम्पदा र दृश्यले काँचुली फेरिसक्दा त्यो जीवन्त इतिहास सिर्जनामा दुरुस्त हुन्छ । त्यसैले विश्वमै आफ्नो मौलिक पहिचान दिलाउने सशक्त माध्याम कला हो । 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले समग्र विश्वलाई प्रभावित बनाएको वर्तमान अवस्थामा त्यस्ता सिर्जना यतिबेला फुल्न पाएको छैन । घरभित्रै फुलेका सिर्जना पनि राम्ररी फक्रन पाएन र फक्रिएका सिर्जनाले बासना छर्न पाएन । त्यस्ता सिर्जनामा बासना भरेर अरुलाई सुगन्ध दिने नौलो प्रयोगमा केही नेपाली कलाकार लागेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ भित्रभित्रै बसेर क्यान्भासमा सजाइएका तर फैलन नपाएका सिर्जनालाई विश्वभर पु¥याउने प्रयासमा हुनुहुन्छ । त्यो पनि ‘भर्चुअल साउण्ड’को माध्यामबाट ।   

“लकडाउनमा थलिएको नेपाली ललितकलालाई अलिकति भए पनि माथि उठाउने प्रयास ‘भर्चुअल साउण्ड’ हो, हामी सिर्जनालाई अनलाइन प्रदर्शनी गरेर विश्वमाझ पु¥याउने जमर्काेमा छौँ”, अध्यक्ष तथा कलाकार गुरुङ अगाडि थप्नुहुन्छ, “वर्तमान विषय परिस्थितिबाट गुज्रिएको ललितकलामा यसले अलिकति भए पनि मल्हम लगाउने विश्वास छ ।” उहाँले पहिलो प्रयासलाई सबैबाट हौसला प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । 

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन मुलुकलाई लकडाउन गरिएको आज डेढ महिना भइसकेको छ । लकडाउनको समय थप भइसकेको अवस्थामा एकान्तवास कटाउन मानिसलाई हम्मेहम्मे छ । कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित त भयो तर बनाएका सिर्जनाले उचित मूल्य पाउन सकिरहेको छैन । लकडाउनमा कलाकारले रङ्ग्याएको क्यानभासलाई एकीकृत गरेर समसामयिक विषयवस्तुका सिर्जना भर्चुअल साउण्डमा अटाउने छ । विगतका प्रयासले पनि उचित स्थान पाउने छ । समावेश हुने कलाकारका चित्रमा उनीहरुको कल्पना मात्र हुने छैन, अहिलेको वास्तविकता पनि झल्कने गुरुङ बताउनुहुन्छ ।    
    
हुन त अहिले विश्वभरि नै अनलाइन कक्षा, छलफल र अन्तक्र्रिया जारी छ । विभिन्न अन्तर्राष्ट्रिय भर्चुअल सेमिनार भइरहेकै छ । चित्रकारितामा भने यो प्रयोग नयाँ हो किनकि चित्र भनेको प्रत्यक्ष अवलोकन गरेर बुझ्ने र मनपरेमा खरिद बिक्री पनि हुन्छ । त्यो सम्भव नभए पनि यसलाई भर्चुअल प्रदर्शनी गरेर सिर्जनाको महत्व झल्काउँदै नेपाली सिर्जनालाई विश्वव्यापी बनाउने प्रयास गरिएको हो ।    
    
लकडाउनका बेला कलाकारले क्यानभासमा कोरोना भाइरसको जोखिम र रोकथामका सन्देश चित्रकारिताबाटै समुदायलाई दिइरहेका छन् । कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन् । फरक–फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन् । स्वदेश विदेशका दृश्यलाई समेटेर क्यानभास रङ्ग्याइरहेका चित्रकारले पुराना थाँती रहेका काम छोट्याउँदै छन् ।    
    
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य पनि त्यही अभ्यासलाई जारी राखिरहनुभएको छ । कुलपति कर्माचार्यले यो बेलामा अनलाइन चित्रकला प्रदर्शनी नौलो अभ्यासको थालनी भएको उल्लेख गर्नुभयो । यसले ललितकलाको प्रवद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुन्छ उहाँ । व्यक्तिगत सम्पर्कबाटै हुनसक्ने, ग्यालरी भिजिट गर्न नपर्ने हुँदा फलदायी हुने उहाँको भनाइ छ । भर्चुअल साउण्डका लागि उहाँको सन् २०१९ मा बनाएको ‘मोसन १३७’ शीर्षकको सिर्जना सहभागी हुँदैछ ।    
    
कुलपति कर्माचार्यलगायत अग्रज कलाकारहरु राधेश्याम मुल्मी, मुकेश मल्ल, आलोक गुरुङ यादवचन्द्र भुर्तेल, बाबुराजा धोइलालगायत सिर्जना सङ्कलन भइसकेको छ । त्यसलाई थ्रिडी श्रव्यदृश्य शैलीमा अनलाइनमार्फत प्रदर्शनी गरिने छ । अहलेसम्म ८० सिर्जना सङ्कलन भइसकेको छ । त्यसबाट छनोट गरेर उत्कृष्ट ५० वटा प्रदर्शनीमा राख्ने योजना छ । केही सिर्जना कोरोना भाइरस र यसले पारेको असर, केही अमूर्त शैली, कुनै समसामयिक, अर्धअर्मूत, फिगरेटिभ आर्ट, तथा दृश्यचित्रहरु यसमा अटाउने छ ।    
    
भौगिलकरूपमा प्रदर्शनी सम्भव नभएकाले अनलाइन प्रदर्शनी नयाँ प्रयास हो । जेठको पहिलो साता प्रदर्शनी गर्ने योजनाअनुसार तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation