कोरोनासँगको लडाईमा सकारात्मक सफलता... “नियमित दुग्ध पदार्थको सेवनले रोग प्रतिरोधि क्षमतामा उल्लेख्य विकास”

 अर्थबुलेटिन संवाददाता   २१ जेठ, २०७७



काठमाडौं । डिसेम्वर, २०१९ मा चीनको अुहान (Wuhan) प्रान्तबाट उत्पति भएको कोरोना भाइरस (COVID-19) एक नयाँ संक्रामक रोग हो । कोरोनाको संक्रमण करिव २१३ राष्ट्रहरुमा लाखौको संख्यामा पुगेको छ भने मृत्यदर करिव ६.०५ रहेको तथ्याँकबाट देखिन्छ ।


यस रोग विरुद्धको खोप तथा औषधीको आविष्कार हालसम्म नभएकाले सामाजिक दुरी, पोषिला खाना, नियमित व्यायाम, सरसफाई, मास्क आदिको प्रयोग गरी रोग नियन्त्रण गर्न सकिने भन्ने गरिएको छ । सामाजिक/व्यक्ति व्यक्तिका विचमा भौतिक दुरी कायम गर्न विश्वका विभिन्न मुलुकहरु जस्तै चैत्र ११ गते देखी नेपाल पनि बन्दाबन्दी (Lockdown) मा रहेको, विदेशबाट आउने मानिसहरुलाई क्वारेन्टाइनमा राख्ने, शंकास्पद मानिसहरुलाई कोरोनाको परीक्षण गरी रोग यकिन गर्ने सरकारले तदारुकताका साथ चालेका सकारात्मक कदमहरु हुन् ।


बन्दाबन्दीले कृषक स्तरमा उत्पादित सागपात, तरकारी, फलफूल, माछा, मासु, दूध आदिमा प्रभाव परेको सर्वविदितै छ । नेपालमा करिव २८.६५ (National Planning Commission, 2018) मानिसहरु गरिवीको रेखामुनी छ ।

 
दूधको नियमित सेवन गरी रोग प्रतिरोधात्मक क्षमता बढाउनु कोरोना भइरस नियन्त्रण मध्येको एक उपाय हो ।

कोरोना भाइरस
शुक्ष्म जीवविज्ञान (Microbiology) अनुसार जीवाणु (Bacteria) र विषाणु (Virus) एक शुक्ष्म जीवकोष हुन् । चिकित्सा क्षेत्रमा जीवाणुबाट लाग्ने रोग नियन्त्रण गर्न खोप (Vaccine) र Antibiotics को विकास भएको छ । विश्व स्वास्थ संगठन(WHO) भनाई अनुसार “भाइसर समुह अन्तरगत SARS-COV2 को कारण श्वास प्रश्वास प्रणालीमा लाग्ने एक नयाँ संक्रामक रोग कोरोना भाइसर  (COVID-19) ” जसको  खोप तथा प्रभावकारी औषधीको विकास हालसम्म भएको छैन् ।

यो रोग रोगी व्यक्तिको नाक, मुखबाट निस्कने वाष्प अर्को व्यक्तिलाई तीव्ररुपमा सर्ने गरेको पाइन्छ । श्वास प्रश्वासमा समस्या आउने, कडा ज्वरो लाग्ने, तीव्र श्वास प्रश्वास सिन्ड्रम (SARS), सुख्खा खोकी, थकाई लाग्ने यस रोगका प्रमुख लक्षणहरु हुन् ।

रोगीको अवस्था अधिक गम्भीर भएमा निमोनिया, गम्भिर श्वास सिन्ड्रम, मिर्गौला विफल भई ज्यान समेत जाने गरेको चिकित्सकहरुले उल्लेख गरेको छ । जेष्ठ नागरिक, उच्च रक्तचाप, मुटु र फोक्सोको समस्या, मधुमेह, क्यान्सरजस्ता अन्तरनिहीत चिकित्सा समस्याग्रस्त विरामीहरुको ह्रास प्रतिरोधात्मक क्षमताको कारण निजहरुमा कोरोनाको संक्रमण अधिक हुने गरेको अध्ययन प्रतिवेदनबाट देखिन्छ ।

 

पोषण तथा रोग वीच सम्बन्ध


 

जेष्ठ नागरिकहरुमा प्रतिरोधात्मक क्षमता कमजोर हुने, गरिवीको रेखामुनीकालाई पोषणको अभावको कारण संक्रमणको जोखिम उच्च हुन्छ ।  

रोग नियन्त्रणका उपायहरु मध्ये पोषणयुक्त खाद्यपदार्थको उपभोग गरी  COVID-19 लाई रोक्न प्रतिरोधात्म क्षमताको विकास गर्न सकिने विश्व स्वास्थ संगनले उल्लेख गरेको छ । फलफूल, तरकारी, अन्नबाली, माछा, मासु, दूध, फुल आदि पोषणयुक्त सन्तुलित खाद्यपदार्थ हुन् ।
दूध एक पोषण
दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरु पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो ।

 
नेपाल खाद्य नियमावली अनुसार Standardized Pasteurized (मानक प्रशोधित) दूधमा ३ प्रतिशत चिल्लो पदार्थ एवं ८ प्रतिशत चिल्लो रहित अन्य ठोस पदार्थ हुनु पर्दछ । मानक प्रशोधित दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को उपचारको लागि कुनै औषधी तथा खोप बन्न नसकेको सन्दर्भमा रोगसंग लड्ने तथा शारीरिक तन्द्रुष्टि बनाई राख्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प हो । दूधले शारीरिक क्रियाकलाप, दैनिक कार्य, शारीरिक बृद्धि विकास गर्न सहयोग गर्दछ ।

कृषक, उद्यमी र उपभोक्ता
कोरोनाको संक्रमण रोक्न अवलम्वन गरेको बन्दाबन्दीको प्रत्यक्ष प्रभाव अन्य क्षेत्रमा झै दूध क्षेत्रमा  परेको छ । मानिसलाई झै पशुलाई खुवाउने, स्याहार सुसार गर्ने, औषधोपचार गर्ने पशुपालनका दैनिक कृयाकलापहरु हुन् ।

दूधको विक्रीवाट दाना, चोकर, पराल लगायत आवश्यक सामान खरीद गर्न प्रयोगमा आउने रकम हो । बन्दाबन्दीमा दुध खरीद गर्ने डेरी उद्योग, व्यापारी, होटेल, रेष्टुरेन्ट, चिया पसल आदि प्रायः बन्द हुने हुदाँ नियमित क्षेत्रवाट न्युन मात्रामा विक्री हुने गरेको पाइन्छ ।

चैत्रदेखी हालसम्म नियमित क्षेत्रतर्फका सरोकारवाला निकायहरु दुग्ध विकास संस्थान, नेपाल डेरी एशोशिएसनका र डेरी उद्योग संघका सदस्य दुग्ध उद्योगहरुले संकलन गर्ने कृषकको दूध तथा बजार विक्रीमा क्रमशः ३० प्रतिशत र ४४ प्रतिशत गिरावट आएको छ । नेपालको सन्दर्भमा दूध उपभोग्य प्रति व्यक्ति वार्षिक ९१ लिटर तय गरेकोमा (सम्वत् २०१९ को प्रक्षेपित जनसंख्या र दूध उत्पादनको अनुपात) प्रति व्यक्ति बार्षिक ७८ लिटर पुगेकोे छ ।

हाल कोरोना भाइरसको आक्रान्तरुपी संक्रमण न्युनीकरण गर्न मुलुक बन्दाबन्दीमा रहेकाले आ आफ्नै घरमा वसेका बाहेक व्यारेक, छाउनीका पुलिस, आर्मी, बृद्धाश्रम, क्वारेन्टाइनका मानिसहरुलाई पोषणयुक्त आहार मार्फत रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न एक उपयुक्त माध्यम हो । ऋतिका डेरी प्रा.लि. झापाले मेची नगरको क्वारेन्टाइनका औषत १५५ मानिसहरुलाई दैनिक २०० मि.ली.का दरले खुवाउदै आएको छ ।

सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लि., रुपन्देहीले चैत्र र बैशाखभरी सैनामैना नगरपालिका, प्रदेश ५ अन्तरगतका मन्त्रालय,  गरिव, असहायहरुलाई ४६७०० लिटर दूध निशुल्क वितरण गरेको सम्झन योग्य उदाहरणहरु हुन् । मानव सेवा नै धर्म भन्ने मर्मका साथ सम्वद्ध निकाय, संघ, संस्था, नेपाल सरकारले गरिवीका रेखामुनीका मानिसहरुको पोषण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि दूध उपलब्ध गर्न÷गराउन हुन अहिलेको आवश्यकता हो ।  
(लेखक राष्ट्रिय दुग्ध विकास वोर्डमा डेरी विशेषज्ञ हुनुहुन्छ ।)



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation