कोरोनाका कारण दुग्ध व्यवसायमा अरबौंको क्षति“नआत्तिनुस्, मानिसवाट गाईवस्तु र गाईवस्तुवाट मानिसमा कोरोना सरेको छैन ”

 डा.बालक चौधरी, डेरी विशेषज्ञ   २७ जेठ, २०७७



 दुग्ध क्षेत्र भन्नाले दूधको उत्पादनदेखी उपभोग्य(Farm to Fork) सम्मको सम्पूर्ण इकाईहरुको समिश्रण भन्ने बुझिन्छ । जसमध्ये दूध उत्पादन गर्ने पशु एवं कृषक दूध क्षेत्रको केन्द्रविन्दु हो । कच्चा दूध उत्पादन गर्न लाग्ने लगानीको क्षेत्र र उत्पादन पश्चात प्रशोधन गर्ने उद्योग लगायत उपभोग सम्मको सवै कम्पोनेन्ट दुग्ध क्षेत्रभित्र पर्दछन् ।

चीनको अुहान (Wuhan) प्रान्तबाट फैलिएको कोरोना भाइरस (COVID-19) महामारी बर्तमानमा भन्दा दीर्घकालिन असर पर्ने वारेमा कल्पनै गर्न सकिदैन ।

यो रोगको खास औषधी हालसम्म बनेको नपाइएकोले रोग नियन्त्रण गर्ने उपायहरु मध्ये बन्दाबन्दी एक मुख्य हो । नेपाल गत चैत्र ११ गतेदेखी हालसम्मको बन्दाबन्दीको कारण गाई/भैंसीले खाने पोषकतत्वको यथोचित व्यवस्थाको अभावमा उत्पादनमा असर परेको नेपाल भेटेरीनरी एशोशिएसनको भनाई छ ।

उद्योग धन्धा, स्कूल कलेज, अड्डा–अदालत, यातायात, पर्यटन व्यवसाय, होटेल, रेष्टुरेन्ट, बजार बन्दको कारण सदाझै गर्दै आएको दूध संकलन, प्रशोधन तथा वजारीकरणमा प्रभाव परेको छ ।

 

दुग्ध उद्यमी
अर्थशास्त्रले परिभाषित गरे बमोजिम पूंजि र श्रमको प्रयोग गरी नाफा कमाउने वा सेवा प्रदान गर्ने उद्यम एक व्यापार हो भने व्यापार सञ्चालन गर्ने व्यक्ति उद्यमी हो ।  


दुग्ध क्षेत्र तर्फका प्रत्यक्ष उद्यमी दुग्ध उत्पादक कृषक, दुग्ध उद्योगी, डिपार्टमेन्टल स्टोर वा वुथम्यान हुन भने पशु दाना उद्योग, घाँसको वीउ उत्पादन फार्म, पाराभेट (श्रम विक्रेता), दुग्ध क्षेत्रका अन्य अप्रत्यक्ष उद्यमी हुन । दुग्ध क्षेत्र तसर्थ एक मूल्य श्रृंखला (Dairy value chain) हो ।

प्रभाव
प्राकृतिक विपत्ति भूईचालो, रोगव्याधि, बाढी पहिरो, आँधीतुफान इत्यादि कहाँ, कहीले र कसरी आउँछ रु मानिसको कल्पना भन्दा बाहिरको बिषय हो । विगतमा प्राकृतिक विपत्तिका रुपमा फैलिएका महामारी रोगहरु (बर्डफ्लु, इवोला भाइरस, हैजा, विफर, प्लेग आदि) खास ठाउँ, भूगोल, स्थान र समयसम्म सीमित थियो ।

December, 2019 मा चीनबाट महामारी (Pandemic) को रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) अहिलेसम्मको सीमा तोड्दै विश्वको २१३ राष्ट्रिहरुमा एकै पटक ताण्डव मचाउदै लाखौंको धनजनको क्षतिको कारण बनेको छ ।

यो रोग नियन्त्रणभन्दा बाहिर रहेको, खोपको विकासको अभावमा कति समयसम्म रहीरहने होरु यकिन गर्न सकिदैन । रोग नियन्त्रण गर्न गरेको बन्दाबन्दीको प्रभाव मानव समुदाय र मानवद्धारा सिर्जित सम्पूर्ण प्रणाली (System) मा परेको छ ।

दुग्ध क्षेत्रमा पारेको आर्थिक प्रभाव भन्नाले दूधको खरीद विक्री मात्रको हिसाव नभई दूधको मूल्य श्रृँखला समेतमा हो । दूध उत्पादनमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने मूल्य श्रृँखलाका दाना उद्योग, पाराभेट/प्राविधिक/श्रमिक, घाँसको वीउ उत्पादक, एग्रोभेट आदि समेत भन्ने बुझिन्छ । सो को मुल्याङकन गर्नु विस्तृत अध्ययनको आवश्यक छ ।

दूध खरीद विक्री
बन्दाबन्दी हुनु अघि (फागुन) र पछि (चैत्रदेखी हालसम्म) औपचारिक क्षेत्रबाट (DDC, NDA and DIA) सम्बद्ध दुग्ध उद्योग) रुपमा दैनिक दूध संकलन क्रमशः ८७१०४९ र ६०६२३० लिटर (तालिका(१) देखिन्छ । मुलुक बन्दाबन्दीको अवस्थामा कृषकको दूध उपभोक्ताको अभावको कारण बजार विक्रीमा निकै गिरावट आएको हो ।
 

तालिका-१

 

औपचारिक क्षेत्रबाट दूध २६४८१९ लिटर रहेको छ ।

 


 
उद्योगले खरीद गरेको कच्चा दूधको केहीं अंश विक्री गर्न नसकी धुुुलो दूध बनाउने बाध्यताले बन्द अघिको दूध विक्री र बन्द अवधिकोे वजार बिक्रीको तुलनात्मक अनुपात ४४ प्रतिशतले घटेको (तालिका (२) अध्ययन विष्लेषणबाट देखिन्छ ।
 

तालिका-२


धुलो दूध तथा बटर उत्पादन
संकलन गरेको दूधको केहीं अंश विक्री नभई कन्भर्जन गरेको करिव २५०० मे.टन धुलोदूध र ३००० मे.टन बटर मौज्दात छ । बटर अतिकम तापक्रममा भण्डारण गर्नु पर्ने, तर उद्योगमा कोल्डरुमको भण्डारण क्षमताको अभावमा मासिक रु. ९ लाख पर्ने कोल्डरुम संस्थानले भाडामा लिएकोे छ ।


 
धुलो दूध मिल्क होलिडे को विकल्प हो, साथै सुख्खा सिजनमा कच्चा दूधको अभावमा वजार आपूर्तिका लागि प्रयोग गर्ने चलन छ ।


 

आयात निर्यात
भन्सार विभागको तथ्याँक अनुसार म्यन Dog Chew, छुर्पी, चीज, बटर आदि भारत, भुटान, अमेरिका, जापान जस्तो मुलुकहरुमा निर्यात हुन्छ भने दूध, क्रिम, बटर, चीज, आइसक्रिम, फ्रेस मिल्क आदि भारत, बेल्जियम, अमेरीका, न्युजीलैण्ड, अस्ट्रेलिया, डेनमार्क जस्ता राष्ट्रहरुबाट आयात हुने गरेको छ । आयात निर्यात गरेको बरावरको दूध तथा दुग्ध पदार्थको रकम निम्न अनुसार रहेको छ ।
 

तालिका-३



यस बर्षको प्रथम दश महीनामा गरेको आयात (तालिका (३) गत वर्षको तुलनामा अधिक देखिन्छ ।

 

 
नेपाल यसरी आयातमा भर पर्नु विदेशी रुपैंयाको पलायन हुनु हो । नेपालले निर्यात योग्य दूध तथा दुग्ध पदार्थ उत्पादन गरी आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गरेमा मात्र आर्थिक उन्नति, समृद्धि हुने मेरो धारणा हो ।

राहत कार्यक्रम
कोरोना भाइरसले पारेको असर न्युनीकरण गर्न कृषक, दुग्ध उद्यमी लगायतका सरोकारवाला व्यवसायीहरुलाई तत्कालै (तालिका –४) राहतका कार्यक्रमहरु गर्नु÷गराउनु आवश्यक छ ।
 

तालिका- ४


(लेखक राष्ट्रिय दुग्ध विकास वोर्ड, हरिहर भवन, ललितपुरमा प्राविधिक निर्देशक पदमा कार्यरत हुनुहुन्छ ।)

 












प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation