विशिष्ठ

 सुन्दर पन्थी   ५ सावन, २०७७



एक उच्च ओहोदाको प्रशाषक वा नेता, पहीरन को हिसावले, दोैरा सुरुवाल टोपिमा आफ्नो गाडी वाट कुनै रेष्टुरेन्ट भित्र वडो शानका साथ छिर्छ, मालीक उहालाई लिन ढोकासम्म आईपुगे, फुल मालासहित स्वागतको लागी ।

गेटमा बशेको पालेको हुर्मत लिए सलाम नठोकेकोमा, बिचरा पालेदाई निकै दुखका साथमा यो जागीर पाएका थिए त्यो उनको पहिलो दिन थीयो जागिरको, निकै आत्तिए । माफी माग्न लगाईयो, माफी मागे र आउने जाने सबैलाई सलाम ठोक्दै ढोका खोलि गेटमै व्यस्त भए, भित्र के भयो उनलाई थाहाभएन ।

करीव दुई घण्टा पछी प्रशाषक ढलमलाउदै गेट मा आई बजारीए र वेहोश हुनपुगे राती वार बजीसकेको थियो रेटुरेन्ट को डिउटी सकिसकेको थियो, उनले भित्र मालीकलाई सूचना पुराए । भित्रवाट जवाफ आयो गेट वाहिर हो भने गाडीमा राख्दीनु, मेनगेटमा ताला लगाएर घर जानु ।

पालेदाईले पहीलो गेटमा तालामारी आफ्नो चावी खल्तीमा राखे, नजीकै गएर एकचोटि पाहुनो निरीक्षण गरे शास चलि रहेको थियो, टाउको ठोकिएको ले निधार वाट भने रगत वगि रहेको थियो । विस्तारै उठाएर उनकै गाडिको आडमा आडेश लगाई दिए नजीकै आधा भरी पानीको बोतल कसैले खाएर फालेको वाट पानिले छम्के , विशिष्ट ले विस्तारै आँखा खोले । पाले दाईले आफ्नो रुमालले उनको घाउमा वादिदीए ।

विशिष्ठ उठ्ने कोशिष गरे सकेनन्, पाले दाईले उठाएर गाडी भित्र वस्न सहयोग गरे । पालेदाई आफ्नो डेरा तर्फ लागे । उनलाई निद्रा परेन उनी पुन रेष्टुरेन्ट फर्के, विशिष्ठ लाई आफ्नो डेरामा ल्याएर सुताए ।

विहान प्रशासक नेताको होश खुल्यो, हिजोको घटनाहरु उनको अगाडी उभिए, लाजले ग्लानीले उनि भुतुकै भए, शाहाश जुटाएर पाले संग माफी मागे । पालेदाई मुस्कुराउदै भनेः
एउटा असल सासक हुन ब्यक्तिगत रुपमा कोशिस गर्नुहोला, सकिने र सबैले प्रयास गर्नू पर्ने केहि विषयहरु अनुमति भए भावना हरु व्यक्तगर्ने कोशिष गर्छु । यी मेरा सम्पुर्ण व्यक्तिगत धारणाहरु हुन् यस सम्बन्धमा कुनै खोज गरीको होइन यि मेरा भोगाईहरु हुन् ।

एउटा कुसल शासक जहीले पनि अरुको भावना बुझ्न सक्ने र अरुको पीरमर्का समानुभूत गर्न सक्ने भने हुनुपर्छ जस्तो लाग्छ । साहानुभुति दर्शाउन नसक्ने शासक क्रुुर देखिन्छ , क्रुुरताले कायरता तर्फको कित्तामा उभ्याउँछ, छनोट स्वयमको हो । कायरको कित्ता जहीलेपनी हिन्सा तर्फ उन्मुख हुन्छ । असल शासकले युद्ध होइन, शान्तिको चाहना गर्दछ तथा उसले शान्ति र सम्मतिद्धारा शासन गर्दछ । शक्ति पद्धतिबाट सुसज्जित हुनुपर्दछ । हजुरको हेपाहा प्रबृति शायद जिवनभरको दविद मानशिकताको उपज होलाभनी हिजोनै माफी दिएरनै हजुरलाई लिएर आएको हुँ, पदमा हुँदा, पावरमा हुँदा मानवता भुल्लुहुदैन, यौवन र पावर ढिलो चाडो खस्कीनछ नै भन्ने शोचेर व्यवाहार गर्दा जिवन जिउन सहजहुन्छ ।
प्रसाशक भन्छः अरुको चाहना, इच्छा अनुरुप चल्दा त जोगि भैहालिन्छ नि, राजनिति, कुटनिति कोही जोगीहुनलाई गर्छ त ? तर तपाईलाई मैले धेरैनै चिने जस्तो लागी रहेको छ, को हो तपाई ?

पाले दाई भन्दछन्ः चरित्रको जुन मूल्य छ, त्यो बराबर अरु कुनै बस्तुको मूल्य छैन् । राम्रो चरित्र, स्वभाव होइन योे सम्पत्ति नै हो । ठग जति चलाख भयो त्यति नै हानी गर्छ र सञ्जन जति– जति चलाख भयो उसले त्यति नै हित गर्छ । मानिसलाई राम्रो कुराको असर पर्न निकै समय लाग्छ, जसरी घर बनाउन समस्या छ तर घर भत्काउन कुनै बेर लाग्दैन ।

पद्धति वसाल्न, चरीत्र निर्माण गर्न समय लाग्छ, त्यसैले नेतामा धैर्यता र शाहास दुवै अत्यावस्यक छ । आचरण नष्ट गर्नु भनेको आफै नष्ट हुनु हो । म संग माफी मागेर मलाई लज्जीत नगर्नुहोस अशल शासक हुने कोशि गर्नु होला । म तेहि स्कुलको पालेहु जसले तपाई लाई सडकवाट स्कुलको होस्टेल सम्म पुराएको थिएं । प्रशासक नेता स्तब्ध हुन्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation