कालोलाई कालै.......

 सुन्दर पन्थी, रानीवन काठमाण्डौ   १२ सावन, २०७७



एकजना ब्यक्ती एउटा शानदार होटलमा पुगेर महंगो खानेकुराहरु खाएछन् । खाइसकेपछि उनले बिल मगाए । वेटरले बिल लिएर आयो । जब उनले बिल हेरे अनि बिल तिर्न मानेन् र उनले झोकिदै भने “खाएको पो बिल तिर्ने नखाएको पनि तिर्छन् कसैले ? के को विल हो यत्रो धेरै ?” 

ति ब्यक्तिले बिल तिर्न नमानेको कुरा वेटरले म्यानेजरकोमा पु¥यायो । उसले सबै कुरा म्यानेजरलाई सुनायो । म्यानेजरले ति ब्यक्तिलाई राम्रैसंग राम–धुलाई गरे । 
पिटाई खाएका ब्यक्ति कराउदै ढोकातर्फ अगाडि जादै थिए, सोहि वखत अचानक झम्टीदै वेटरले मुखमा दुई पन्च बजाई दियो । 

म्यानेजरः वेटरलाई गाली गर्दै “तलाई पिट्न कस्ले भन्यो ?”
वेटरः हजुर, तपांईले त आफ्नो बिल असुल गर्नु भयो, मैले पनि त आफ्नो सर्भिस चार्ज र टिप्स असुल गर्नु परेन । 

घटना छोटो र साधारण देखिएला, तर यस घटनामा देखिएको र यसले संकेत गरेको प्रवृत्ति हालका दिनमा जहाँसुकै देख्न सकिन्छ । आज जो सत्ता र शक्तिको अग्रपंक्तिमा छन् झन् उनिहरुमा त बिल असुल गर्ने बानि परिसकेको छ । अनि उनका चम्चाहरु, आफ्नो टिप्स असुली गर्न शक्तिको आडमा आफ्ना नेता भन्दा पनि झनै अग्रपंक्तिमा पुगेका छन् । हामी जनता, कुटिने पिटिने वर्गमा छौ । तैपनि हामी उनीहरुलाई नै सहयोग समर्थन गरिरहेका छौ । 

“कसले के गर्ने ?” संघर्ष विना अवाञ्छनीय तत्व फाल्न सकिदैन । केहि निहित स्वार्थ यस्ता हुन्छन् जसले मुखमा चुस्की लगाएका हुन्छन् अथवा कुनै आफ्नो अकर्मन्ण्यतालाई प्रेस्टीज प्वाइंट बनाउंछन् । अनि निर्णयवाट पछाडी हट्न चाहदैनन् र सक्दैनन् पनि । 

आफ्नो चलाखि, चतुराई र बुद्धी तथा आफ्नो अहंकार, आफ्नो घमण्ड यति धेरै उत्कर्षमा पुरयाउछन् की आफुसंग जोडिएको जुन विचार छ त्यसको मात्रै समर्थन भएको देख्न चाहन्छन् ।
मानौ कोई ठुलाबाले गल्ती गर्नु भो त्यसपछि चारधामको दर्शन गरेर तथा आफ्नो श्रीसम्पती समेत उडाएर आउनुभो भने पनि ठुलाबाको गुणगान गाउनेहरुले ठुलाबाको गल्ती ठालुहरुलाई भन्न सक्नेछैनन् र भन्न मान्ने पनि छैनन् । उल्टै उनिहरुले भन्नेछन् “हामीले त मुक्ति लियौ ।” उनीहरु बदमासी, फटाइ जे गरे पनि पुज्य नै छन् ।

पुज्यन्ते यदपुज्योकपियदगम्योकपिगम्यते 
वन्द्यन्ते यदवन्द्योकपि सप्रभावो धनस्य च ।

यसरीनै रुढिवादि देखि जसको स्वार्थ जोडिएको छ, कर्मचारी देखि ब्यापारीसम्म र पण्डित पुजारी देखि अन्य अवान्छनीय तत्वसम्म जसको मुखमा हरामको पैसाको, हरामको आम्दानीको, भ्रटाचारको चस्का लागेको छ, घुसखाने लत परेको छ, के उनिहरु सिधा तरिकाले मान्लान् त ?

होईन । जब हामी सम्झाउँला, हो..हा....हो.... त गर्छन् नै । भन्नेछन् हजुरले भनेको एकदम ठिक हो, रुल अफ ल हेर्नु त युरोपमा, यस्तै हुनुपर्छ । सामाजिक सञ्जालमा भष्ट्राचार विरोधि समुहको नाइके भै भष्ट्राचारीलाई पाता कस्नुपर्छ भन्दै स्टाटस पोस्ट गर्नेहरु नै फेरी पुरा भष्ट्राचारमै स्वंयम चुर्लुम्म डुबेको÷लिप्त भएको देख्न पाइन्छ ।

अधिकांश मानिस यसै प्रकृतिका छन् । कानुनको विधिको, विधानको, सिद्धान्तको र नजिरको, अपव्याख्याको बिजनेस अचम्मसँग मौलाएको छ । आकर्षण मेहनतमा हैन फटाँईमा बढेको छ यस्ता प्रवृतिहरु । समाजमा, यस्ता मानिसहरुकै वर्चस्व छ ।

फेरी के गर्ने त ? जुन निहीत स्वार्थका पाहाड जसरी खडा छन्, तिनिहरुलाई कसरी तहलगाउने ? एउटै उपाय छ त्यो हो उनिहरुसंग संघर्ष, उनिहरुलाई धम्काउने, हटाउने, मुकावला गर्ने, आन्दोलन गर्ने आदि आदि । आज भ्रष्ट्राचार विरुद्धको आन्दोलन अनिवार्य छ, यसको कुनै विकल्प छैन ।

जब हामिलाई यो लाग्छ कि, यो मान्छेले मेरो नोक्सानी गर्न सक्दछ र आतंकित गर्न सक्छ हाम्रो गल्ती नै यहि हुन्छ, हामी उसैको स्वरमा स्वर मिलाएर सहमती जनाउछौ । खुल्लम् खुल्ला विरोध को हिम्मत राख्दैनौं । उसलाई असहयोग गर्न सक्दैनौ बरु उसैको सहयोगी वन्न पुग्दछौ । देशै खाने भ्रस्ट्राचार र फटाईको चक्रव्यू भित्र आफ्नो व्यक्तिगत सुरक्षा र फाइदामा कल्याण खोज्छौं । बिडम्बना, यदि सबै हामीजस्तै परमसन्तोषी भैदिएको भए संसारमा कुनचाहि क्रान्ति हुन्थ्यो होला ? कुनचाहि तानाशाहीको पतन हुन्थ्यो होला ? शायद यो हाम्रो कायरता नै समाजमा गुंन्डागर्दी र अपराध वढाउन सहयोगी सिद्ध हुन्छ । 

यदि हामि छाति खोलेर उभिने हो र तपाईको गलत कार्यको सहयोगि वन्दीन, तपाईलाई साथ दिन सक्दिन र मेरो समर्र्थन पनि छैन भन्न सक्ने हो र व्यवहारिक रुपमा कार्यन्वयन गर्न सक्ने हो भने यसले नै गलत प्रवृत्तिको पचास प्रतिसत हिम्मत परास्त पार्दछ । यो कुनै युद्ध मार–पीट, लडाई जस्तो वहादुरि होईन तर कुरा साहश को हो । तपाईको चरित्रको कारण म तपाईलाई भोट दिन्न त भन्न मात्रै सक्ने हो भने पनि त्यो नेताको आधा हिम्मत घटिहाल्छ । ल ठिकै छ, यदि विरोधगर्ने शाहस छैन, लड्ने ताकत छैन भनेपनि केहिवेर मौन बसेर असमर्थन त गर्न सकिन्छ होलानी ? समर्थन र सहयोग कदापि गर्नुहुदैन, उसको मतियार त भनै बन्नै हुदैन । 
जुन व्यक्ति खराव छ प्राय कायर पनि छ, डराइरहेको हुन्छ तर स्याल भएर पनि भयंकर साहसी भएको नाटक गर्दै सिंहको हाउ भाउ देखाइरहेको हुन्छ । हामिले सिक्नुपर्ने कुरा के छ भने सहीलाई सही र गलतलाई गलत भन्ने र गलत मान्छेलाई असहयोग गर्ने हो । त्यस्ता प्रवृतिलाई सहयोग नगरौ, कालोलाई कालो नै भनौ र सेतोलाई सेतै । आफ्नो आत्मालाई धोखा दिएर नबसौ । आफ्नो आत्मा भित्रको देववृत्तिलाई नदबा औं । गलत कर्मको ग्लानि खतरनाक हुन्छ । समयमानै सोच विचार गरौ । 

अनेकचित्तविभ्रान्तामोहजालसमावृताः।
रसक्ताःकामभोगेषुपतन्तिनरकेऽशुचौ।।

धन्यवाद । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation