पशुपन्छीको दानाको रुपमा बियरको कटः एक अध्ययनएक केजी भिजेको उप उत्पादनको मुल्य ५ देखी ६ रुपैंया

 डा. बालक चौधरी, डेरी विशेषज्ञ   ८ मंसिर, २०७७



बियर बनाउन प्रयोग हुने जौ पशुआहारका लागि उपयुक्त अन्नबाली हो । मकैै, गहुँ, चामल आदि बियर उत्पादन गर्ने सहायक अन्नबालिमा पर्दछन् । यिनीहरु कार्वोहाइडेटयुक्त अन्नवालीको समुहमा पर्दछन् ।

कार्बोहाइड्रेट बियरमा प्रयोग भएपछि प्रोटिन, खनिजपदार्थ, भिटामिन जस्ता पोषणयुक्त पदार्थ बाँकी रहन्छ । बियर उत्पादनको व्यवसायिकरणसंगै पशुपन्छीको दानाको रुपमा उप उत्पादनको प्रयोग हुन थालेको हो ।  विश्वमा कति मात्रामा बियर तथा बियरको उप उत्पादन निस्कने गर्दछ सो को यकिन गर्न सजिलो नभए तापनि यो परिमाण ठुलो हुने अनुमान गर्न सकिन्छ ।

अन्य मुलुकमा असल उत्पादन अभ्यासको प्रयोग गरी उद्योगबाट निस्कने दानालाई सुकाएर खुवाउने गरेको छ । मासु प्रयोजनको लागि पालिने पशुलार्ई यो दाना प्रशस्त खुवाउने गरेको अध्ययनहरुमा उल्लेख गरेको पाइन्छ । गाई भैंसी, भेडा, बाख्रा जस्ता उग्राउने पशुका लागि यो दाना जति महत्वपूर्ण छ घोडा, बंगुरजस्ता नउग्राउने जनावरका लागि पनि उति नै महत्वपूर्ण छ । 
बियर बनाउन प्रयोग हुने अन्नबाट माल्टोज/ग्लुकोज निकालेपछि बाँकी हुने रेशादार पदार्थ, प्रोटिन, मिनरल, नाइट्रोजन आदि पशुपन्छीका लागि दाना (Nick Strauss, 2015) को रुपमा प्रयोग गर्न सकिन्छ ।

फाल्नुपर्ने उप उत्पादन पशुआहारको रुपमा प्रयोग हुंदा यसले पर्यावरणमा समेत फाईदा पु¥याउँछ वा यो अभ्यास पर्याबरण मैत्री समेत हुन्छ ।  यो अध्ययन २०७६ आश्विनमा गरेको थियो । अध्ययनले दूध उत्पादनमा २२ प्रतिशतले वृद्धि भएको तथा उत्पादन लागतमा कमी आएको पाइयो । केहीं पशुहरुमा यसको प्रयोगबाटा बाँझोपन, मोटोपन, थुनेलो जस्ता समस्याहरु हुने गरेको देखियो ।


 
                                                       बियरको कट

उत्पादनको मात्रा एवं विक्री

चितबनमा सानमिगल बियर उद्योग प्रा.लि. (गोन्द्राङ्ग), सिंगा बियर उद्योग प्रा.लि. (चैनपुर) तथा गोरखा ब्रुअरी उद्योग प्रा.लि., टुवोर्ग बियर, नेपाल आइस बियर प्रा.लि. (CG चौधरी ग्रुप) नवलपरासीमा  सञ्चालनमा रहेका छन् । 

नेपालमा बियरको उप उत्पादन दैनिक कति परिमाणमा हुने गरेको छ सो को तथ्याँङ्क यकिन नभएको तर बियरकोे माग सिजन तथा उपभोक्तामा भर पर्ने हुँदा सोही बमोजिम उत्पादन हुने गरेको पाइन्छ । जाडो याममा भन्दा गर्मी याममा बियरको माग अधिक हुने हुँदा उप उत्पादन पनि अधिक हुने गर्दछ । 

गर्मी सिजनमा गोरखा बियरको माग अत्यधिक हुने हुँदा सो समयमा दैनिक २० देखी २२ ट्रली उप उत्पादन निस्किन्छ । गोरखा बियर उद्योगले उप उत्पादन ठेक्कापट्टा गैंडाकोट नगरपालीका १०, ११ र १२ संग गरेको छ । यहाँका करिव ६० प्रतिशत भन्दा अधिक कृषकहरुले उप उत्पादनको प्रयोग गर्दै आएका छन् । एक केजी भिजेको उप उत्पादनको रु. ५ देखी ६ रुपैंया पर्दछ । अन्य उद्योगको उत्पादन तथा विक्री विधिको हकमा मूल्य फरक फरक देखिन्छ । 

पौष्टिकता

बियर बन्न प्रयोग हुने अन्नबालीको स्टार्चलाई ईष्ट (शुक्ष्म जैविक) संग रासायनिक प्रतिक्रिया गराई बियर बनाईन्छ । बियरको उप उत्पादनमा प्रोटिन, नाइट्रोजन, एमिनो एसिड, सेलुलोज, खनिजपदार्थ (Tsai-Hua Kao, 2018)  आदि प्रशस्त बाँकी रहन्छन् । 

तसर्थ, बियरको उप उत्पादनको प्रयोग पशुपन्छीको दानाको रुपमा गर्न सकिन्छ । भेटेरीनरी तथा पशु विज्ञान कलेज अन्तरगत पशुपोषण विभाग, केराला, भारतका K Shyama तथा निजको सहयोगीद्धारा गरेको उप उत्पादनको ल्याव परीक्षणको नतिजा अनुसुचि बमोजिम देखिएकाले पशुलाई चाहिने पोषण उपलब्ध गराउने कुरामा बिश्वास गर्न सकिन्छ । 

प्रयोग विधि 

पशुदानाको मात्रा पशुको उत्पादन तथा शारीरिक अवस्थाको आधारमा खुवाउने चलन रहेको छ । गाईलाई कति मात्रामा वियरको उप उत्पादन (चित्र(१), खुवाउँदा उपयुक्त हुने हो सो सम्बन्धी वैज्ञानिकहरुको भिन्न तर्क रहेको पाइन्छ । 

यसकोे प्रयोग DM Basis  मा पशुदानासंग ३०५ मिसाएर खुवाउन सकिने (Ewing, 1997)    विज्ञहरुको भनाई रहेको छ । कृषकहरुले पीठो, चोकर अथवा दाना ६० प्रतिशत र भिजेको उप उत्पादन करिव ४० प्रतिशत राखी खुवाउने गरेका छन । 

 

एउटा १० लिटर दूध दिने स्वस्थ गाईलाई दैनिक १२ केजी Dry matter  का दरले खुराक दिनु पर्दछ । DM को ३ भाग Roughage र १ भाग Concentrate खुवाउने चलन रहेको छ भने दाना तथा बियरको उप उत्पादन खुवाउदा गर्ने गणना एवं लागत मूल्यको हिसाव निम्न बमोजिमको देखिन्छ ।

वियरको उप उत्पादनको प्रयोग गरी दैनिक रु. १३ लागत (तालिका(१) मूल्य घट्ने बढेको दूधको  विक्री वापत रु. ११४.४ थप आय आर्जन गर्नमा सहयोग पुग्दछ 

प्रभावकारीता 

पशुले यो निकै मन पराउनुका साथै दूध उत्पादन करिव २२५ ले बढ्ने कृषकको अनुभव छ । पशुले घाँस परालभन्दा दाना अधिक पचाउन (७५५ सम्म) सक्ने (Feedipedia.org/node/74)  हुनाले अधिक शक्ति प्रदान गर्नुका साथै उत्पादन लागत घटाउन मदत गर्दछ । दूधको भौतिक गुणस्तरमा असर नपर्ने देखिन्छ । ताजा दाना बास्नादार हुनुका साथै पशुले अधिक रुचाउने गर्दछ । विदेशमा मासुको लागि पालिने पशुलाई दानाको रुपमा यसको प्रयोग बढि भएको पाइन्छ । 

सीमितता

पशु मोटाउने, बाँझो हुने, साँढे खोजीराख्ने, थुनेलो हुने, भिजेको दाना चाँडै बिग्रिने, ढुसीको बिकास हुने र अफ्लाटोक्सिन पैदा हुने यस दानाका केहीं सीमितताहरु हुन् । हावा लाग्ने ठाउँमा भण्डारण गर्दा कुखुराको सुली जस्तो गन्हाउँछ । 

निष्कर्ष

यसको प्रयोग पशुपन्छीको (बंगुर, कुखुरा, बाख्रा, भेडा, गाई, भैंसी) दानाको (चित्र(२) रुपमा गर्न सकिन्छ । अन्य दानासंग यसको उचित मात्रा मिसाएर खुवाउनाले उत्पादन तथा उत्पादकत्वमा बृद्धि हुनुका साथै उत्पादन लागत घट्छ । भिजेको भन्दा सुकाएर खुवाउदा दानाको प्रभावकारीतामा बृद्धि हुन्छ । 

असल उत्पादन अभ्यास मार्फत तयार गरेको ताजा उप उत्पादन प्रयोग गर्नु कृषकको लागि हितकर हुनेछ । साइलेज बनाउँदा मिसाएर तयार पार्दा पशुलाई चाहिने पोषक तत्वको कायम हुन्छ । पशु आहारमा प्रयोग हुने यसको बिभिन्न पक्ष लगायत पशुमा आउने बिभिन्न समस्या सम्बन्धी थप अध्ययन र अनुसन्धान हुनु जरुरी छ ।

(नोटः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रशिक्षक डा. रविन्द्र मरहठ्ठासमेत यस अध्ययनमा सहभागी हुनुहुन्छ ।)

केहीं तस्वीर

चित्र १ः कुखुराले बियरको छोक्रा खाँदै

  

चित्र २ः गाईले बियरको छोक्रा खाँदै

 

 

 "बियरको कट पशुपन्छीको दानाको रुपमा प्रयोग गरौं, उत्पादन लागत घटाऔं"



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation