सफलताः आंटे के हुदैन र ?

 डा. वालक चौधरी, डेरी विशेषज्ञ   १३ चैत, २०७७



सिंधुली, दुधौली न.प. ५ बस्ने करिव ४२ बर्षीय दल बहादुर बुढा क्षेत्रीको आरोह अवरोहको एक कथासंग सम्बन्धित छ । क्षेत्रीको परिवारमा श्रीमती, ३ छोरी र १ छोरा गरी ५ सदस्य हुनुहुन्छ । 

आफूसंग  जग्गा जमिन नभएको तथा रोजगारीको अवसर समेत नभएकाले ऋण लिएर २०६३ साल तिर कतारमा २ वर्ष काम गरी करिव ५ लाख रुपैंया कमाउन सफल भएको वताउनुहुने दल वहादुर वि.स. २०६७ तिर फेरी कुवेत जाने चाजोपाजोका साथ काठमाडौं आउनुभयो । 

केहि विरामी परेका बुढा क्षेत्री काठमाडौंमा सामान्य उपचार पछि विदेश त जानु भयो तर विरामी बल्झिएर ३ महीना नहुदै स्वदेश फर्कन वाध्य हुनुभयो । विदेश आउदाँ जादाँ र औषधी उपचार गर्दा करिव ५ लाख रुपैंया ऋण लागेको बुढा क्षेत्री बताउनुहुन्छ । 

रात दिन निद्रा नलाग्ने, ऋण कसरी चुक्ता गर्ने पीर थाम्न नसकी आफूसंग भएको २ कठ्ठा जग्गा विक्री गरी प्राप्त २ लाख रकम चुक्ता गरे पनि अझै ३ खाल रुपैंयाको पिरलो भने कायमै रहयो । परिवारसंगको सरसल्लाह मुताविक विदेश भन्दा स्वदेशमैं सुख दुःख गरी कृषि काम गर्ने सल्लाह भयो । 

सो का लागि १० कठ्ठा जग्गा बर्षेनी २० हजार रुपैयाँका दरले ५ वर्षको लागि भाडामा लिई मौसमी तरकारी उत्पादन गर्ने तर्फ बुढा क्षेत्री लाग्नुभयो । भाडामा जग्गा लिई कृषि गर्नु साथै ऋणमा डुवेको विषयले छिमेकीहरु वहुला भएछ भन्ने गरेको सुन्दा असाध्यै नमजा लाग्ने गरेको भए पनि ति र त्यस्ता कुराहरु सुनेको नसून्यै गरी एक चित्त उहाँ आफ्नो कार्यमा लाग्नुभयो । 

विदेशमा कृषि प्रकृतिको काम नगरे तापनि “मिहिनेत गरे के हुदैन र ?” भन्ने साहसका साथ अगाडि बढ्दै जादाँ समस्याको समाधान हुदो रहेछ भन्ने चरितार्थ उहाँले हालको दिनमा प्रमाणित गर्नुभएको छ । 

खेतसंगै नजिक फाफर खोला तथा कमला नदीको सिंचाइ र पाखुराको मिहिनेतको संयोगले २ वर्ष भित्र बाँकी ३ लाख रुपैंया सावा र व्याज सहित चुक्ता गर्न उहाँ सफल हुनुभयो । यस अतिरिक्त क्षेत्रीले १० कठ्ठा जग्गा समेत जोड्न सफल भएको बताउनुहुन्छ । 

उहाँले पुनः ३० कठ्ठा जग्गा बार्षिक ९० हजार रुपैयाँका दरले ५ बर्षको लागि भाडामा लिई कृषि उत्पादन (धान, मकै, मौसमी तरकारी) कार्यलाई निरन्तरता दिनु भयो ।

 

अर्गानिक खेती एवं भैंसी पालन

खेतवारीमा प्राँगारिक मलको प्रयोग गरी धान, मकै र मौसमी तरकारीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि भएको क्षेत्रीले सुनाउनु हुन्छ । 

मिहिनेत र सफलताको कारण छिमेकीहरुले क्षेत्री प्रतिको पहिलेको र अहिलेकोे हेर्ने दृष्टि तथा व्यवहारमा फरक भएको सुनाउनु भयो । 

गोठमा एक थान भैंसीबाट ५ थान भएको छ । भैंसीको दूध सवैले मनपराउने हुदाँ विक्रीमा समस्या नरहेको उहाँ बताउनु हुन्छ । भैंसी फर्म भर्खरै दर्ता गरेको, गोठ सुधार गर्नु पर्ने, घाँसे खेती लगाउनु पर्ने सोच रहेको उहाँ सुनाउनु हुन्छ ।

 

अनुभव एवं तालिम

क्षेत्रीले विदेश काम गर्न जादा कृषि प्रकृतिको काम नगरे तापनि लगनशील, सहनशील, काम गर्दा अपनाउनु पर्ने शैली, जिम्मेवारी आदि व्यवहारिक पक्ष राम्रैसंग बुझेको भन्नु भयो । यसैले त आफूसंग पूजि नभए पनि धैर्य एवं साहसकासाथ जग्गा लिजमा लिनु, कृषि कार्यको थालनी गर्नु वहाँलाई बल पुगेको देखियो । 

उहाँ थप प्राविधिक ज्ञान हासिल गर्न असल दूध उत्पादन तालिम राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रिय पशुपंछी पालन सहकारी संघको सहकार्यमा ढल्केवरमा यहीं २०७७ साल फागुनमा सञ्चालित ५ दिने तालिम कार्यक्रममा सहभागी हुनुभयो । 

आफूले हालसम्म कुनै पनि निकायबाट आर्थिक सहयोग नपाएको बताउनु हुन्छ । कृषक पेशामा समयको ख्यालै नगरी निरन्तरकोे मिहिनेतले सपल हुने आफु एक उदाहरण हुनु भएको सुनाउनु हुन्छ । 

 

बार्षिक आम्दानी र खर्च

कृषकले बार्षिक आम्दानी र खर्चको विवरण डायरीमा लेख्ने सम्भवतः विरलै देख्न पाइन्छ । निजले पनि आम्दानी खर्चको डायरी तयार नपारे पनि अनुभवको भरमा निम्न अनुसार रहेको सुनाउनु भयो ।

हाल उहाँको मुख्य आम्दानीमा मौसम अनुसारको तरकारी उत्पादन, धान, तोरी, मकै, दूध तथा दुग्ध पदार्थ, बीउको रुपमा रांगोको प्रयोग आदि रहेका छन् । 


फोटोः बथानमा थप ४ थान भैंसी

हाल उनको तीन छोरी र १ छोरामध्ये जेठी छोरीले १२ कक्षा पास गरी आर्मीमा स्थायी जागीर, माहिली र कान्छि छोरी क्रमशः स्नातक र १० कक्षा पढ्दै, छोरा १२ कक्षा पढ्दै छन् । 

छोराछोरीको, घपरिवारको र अन्य सबै खर्चहरु यस व्यवसायबाटनै पुरयाउन सकिएकोमा उनि निकै खुसी छन् । उनि भन्छन् “रोग र भोकसंग जुध्धै जिवनमा धेरै हन्डर खाएर पाएको यो सफलतामा म र मेरो परिवार पूर्ण सन्तुष्ट छौ । विदेश वस्न भन्दा आफ्नैै घर परिवार छोरा छोरीसंग बसेर व्यवसाय गर्न पाए यसमानै खुसी छु ।” 

कम समयमा सफल कृषकको संज्ञाको रुपमा क्षेत्री एक उदाहरणको रुपमा हुनुहुन्छ ।

लेखकः डा. वालक चौधरी डेरी विशेषज्ञ हुनुहुन्छ ।

लेखकका यस अघि प्रकाशित अन्य लेखहरु पनि पढ्नुहोस् ।

‘कालो सुन’ को व्यवसाय प्रति कृषकको बढ्दो आकर्षण

पिडामा दुग्ध कृषक, ‘मिल्क होलिडे’ र भुक्तानी अनियमितता

पशुपन्छीको दानाको रुपमा बियरको कटः एक अध्ययन



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation