त्रिविद्वारा स्ववियु निर्वाचन तालिका सार्वजनिक, मतदान मिति फागुन १४

 अर्थ बुलेटिन संवाददाता   २९ पौष, २०७६



काठमाडौं । फागुन १४ मा हुने  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले सोमबार साँझ  निर्वाचन तालिका सार्वजनिक गरेको हो । 

जारी तालिका अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने तथा  गते १ बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, फागुन ३ गते ४ बजेसम्म मतदाता सूची उपर दावी विरोधको छानविन अन्तिम नामावली प्रकाशित गर्ने तालिका रहेके छ ।

सार्वजनिक तालिका अनुसार  फागुन ४ गते ४ बजेसम्म उम्मेदवारको लागि मनोनयन पत्र वितरण (प्रत्यक्ष र समानुपातिक दुबैको लागि), फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनय पत्र प्रत्यक्षतर्फको र समानुपातिकतफको शिलबन्दी नामावली दाखिला गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । 

फागुन ५ गते ४ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ६ गते ४ बजे दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ७ गते १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, फागुन ७ गते ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदानको मिति तोकिएको छ ।

क्याम्पस स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनको लागि संघ, संगठन समूह दर्ता गर्ने अन्तिम मिति फागुन १ गतेसम्मको समय तोकिएको छ ।
मतदानको समय भने क्याम्पस निर्वाचन समितिले तोकेअनुसार हुने विश्वविद्यालयले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation