शहिद लखनका ४२ नतिजा नेगेटिभ

 अर्थ बुलेटिन संवाददाता   १० बैशाख, २०७७



गोरखा । जिल्लाको शहिद लखन गाऊँपालिकामा चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी  जाँच गर्ने क्रममा ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ ।

वडा नं १,२,३,४, र ५ का १६ जनाको जाँच मनकामना स्वास्थ्य चौकीमा र वडा नं ६,७,८ र ९ को जाँच नामजुङ स्वास्थ्य चौकीमा २६ जनाको गरिएको थियो । चेकजाँचका क्रममा सहयोग गर्ने स्वास्थ्य कर्मीहरु र यसमा सहयोग गर्ने सुरक्षा संयन्त्र स्थानीय नागरिकहरु सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन्यवाद प्रदान गरेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation