समयमै मल नल्याउने कम्पनीमाथि सरकारी कारबाही ठेक्का सम्झौता रद्द, धरौटी रकम जफत

 अर्थबुलेटिन संवाददाता   २१ भदौ, २०७७



काठमाडौं । सरकारले समयमै मल आयात नगर्ने दुई कम्पनीसँग  ठेक्का सम्झौता रद्द गरेको छ । भदौ २० गतेसम्म आयत गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता  रद्द गरेको हो । आइतबार कृषि मन्त्रालयमा  आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपंछी मन्त्री घनश्याम भुसालले सरकारले  ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

ठेक्का सम्झौता रद्द भएसँगै शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक बर्ष २०७६/७७को लागि यी दुई कम्पनीले २५र२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

उनले शैलिङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको बताए । यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखानाको सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ ।

कृषि मन्त्री घनश्‍याम भुसालले हरेक पेट्रोलियम प्रदार्थ सरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेकको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation