युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्तमन्त्री सरहको सेवा सुविधा

 अर्थबुलेटिन संवाददाता   ३० भदौ, २०७७



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको  बताए । गत भदौ २० गते राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले  अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation