असोज १ देखि लामो दूरीका सवारीसँगै सबै हवाई उडान सुचारु हुने

 अर्थबुलेटिन संवाददाता   ३० भदौ, २०७७



काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी तथा आन्तरिक र बाह्य हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ बाट लामो दूरीको यातायात तथा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको बताएका हुन् ।

ज्ञवालीका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर सवारी सञ्चालन गर्नुपर्नेछ । यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी सञ्चालन सम्बन्धी थप मापदण्ड तयार गर्नेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation