झिसमिसेमै भूकम्पको कडा धक्का महसुसकेन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे

 अर्थबुलेटिन संवाददाता   ३१ भदौ, २०७७



 काठमाडौं । बुधबार बिहान ५ बजेर २० मिनेटमा काठमाडौंमा भूकम्पको कडा धक्का महसुस भएको छ।  करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको हो । 

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का खोटाङ, भोजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ। काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

बिहानै झिसमिसेमै भूकम्पको महसूस भएपछि मानिसहरु अत्तालिदै बाहिर निस्किएका थिए । बिहानै भएकाले कति त सुतेकै अवस्थामा थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation