यो दशैँमा पूर्वराजा ज्ञानेन्द्रले शक्तिपिठको भ्रमण नगर्ने

 अर्थबुलेटिन संवाददाता   १ कार्तिक, २०७७



काठमाडौं । यसवर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँभर विभिन्न शक्तिपिठको भ्रमण नगर्ने भएका छन् ।  गएका वर्षमा निर्मल निवासमा टीका प्रदान गर्नुका साथै दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध भएको पूर्वराजाको सचिवालयले जनाएको हो ।

शनिबार  पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले एक विज्ञप्तिमार्फत कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको बताएका छन् ।

साथै शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने तय भएको पाठकले जानकारी दिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation