प्रधानमन्त्रीले भनेः ‘दुई अध्यक्ष बसेर सल्लाह गर्छौं, तत्काल काठमाडौं नछोड्नु’

 अर्थबुलेटिन संवाददाता   १ कार्तिक, २०७७




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीहरुसँग छलफल गरेका छन् । शनिबार बिहान बालुवाटारमा भएको छलफलमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उनीहरुलाई  तत्काल काठमाडौ नछोड्न निर्देशन दिएका हुन् ।  

 भेटमा सहभागी गुलावजंग शाहका अनुसार प्रधानमन्त्री ओलीले आफूहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले   दुई अध्यक्ष बसेर सल्लाह गर्ने बताएको जानकारी गराए । उनले भने,   ‘कर्णालीका सबै साथीभाइले रिपोर्टिङ गरियो । त्यसपछि उहाँले ठिकै छ । अब हामी दुई अध्यक्ष सल्लाह गर्छौँ भन्नुभयो ।’

त्यस्तै ओलीले दुई अध्यक्ष बसेर छलफल नगर्दासम्म काठमाडौँ नछोड्न निर्देशन दिएको पनि शाहले बताए । ‘केही दिन तपाईंहरु अहिले काठमाडौँ नछोड्नुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दे  गर्दै शाहले भने ।
प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनअघि काठमाडौँ आएका थिए । उनीहरुले बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग पनि बेग्लाबेग्लै रिपोर्टिङ गरेका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले असोज २७ गते पत्र काट्दै काठमाडौँ बोलाएका थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation