वामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण, सम्पूर्ण भेटघाट बन्द

 अर्थबुलेटिन संवाददाता   १ कार्तिक, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । शनिबार उपाध्यक्ष गौतमको सचिवालयले  सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

यद्यपि,  उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नदेखिएको बताईएको छ । योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द गरेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation