सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारप्रति झलनाथको आपत्तिदोषीलाई तत्काल कडा कारबाही गर्न माग

 अर्थबुलेटिन संवाददाता   ६ मंसिर, २०७७



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सुरेन्द्र पाण्डेमाथि नेकपाकै कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।

उनले नेता पाण्डेमाथि  पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आक्रमण भएको बताएका हुन् । नेता खनालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,  “कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।”

नेता पाण्डेमाथि शनिबार चितवनमा नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए ।

वक्तव्यः
मितिः २०७७/८/६

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क। सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।

कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैर–जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ ।

झलनाथ खनाल
वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation