काँग्रेस पुनः शक्तीसाली बनाउँन देशभरका कार्यकर्ता एकजुट हुन जरुरीः डा कोईराला

 अर्थबुलेटिन संवाददाता   १३ मंसिर, २०७७



काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका छन् । बिश्वब्यापी कोरोना माहामारीका कारण त्रासमा भएका जनतामा कोरोना परीक्षण दर बढाउनुपर्ने भएपनि त्यसमा सरकार बेखबर भएको उनले बताए । उनले आफूलाई पनि सरकार छ कि छैन भन्नेबारे भ्रम भईरहेको उनको जिकिर छ ।

उनले नेपाली काँग्रेस र पार्टीका भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघलगायत सबै भातृ तथा शुभेच्छुकले भ्रष्टचारमा रुमलिएको, पदलोलुपका लागि आन्तरिक झगडामा ब्यस्त भएको सरकारको भर नपरी आफैं कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारको प्रयासमा रहनुपर्ने जिकिर गरेका छन् ।

डा कोईरालाले सामाजिक दुरी भन्दा भौतिक दुरी कायम गर्नुपर्ने बताउँदै सुनसरी सभापति राजीव कोईराला र सचिव केदार भण्डारीलाई पनि कोरोना लागेर निको भएको दृष्टान्त दिएका छन् । कसलाई छ वा कसलाई कोरोना छैन भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए ।

डा कोईरालाले मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा गएको जिकिर गर्दै दुईतिहाईको सरकार पनि छ कि छैन भन्ने अवस्थामा लागेको टिप्पणी गरेका छन् । उनले नेपाली काँग्रेसको अधिवेशन सकेसम्म फागुनमा र सकिएन भने चैत बैसाख सम्म अधिवेशन जसरी पनि सम्पन्न नगरे काँग्रेसको भविश्य समाप्त हुनसक्ने बताएका छन् ।

उनले सरकार बेखबर र जनताप्रति उत्तरदायी हुननसकेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि सरकारका गलत कृयाकलापबिरुद्ध रचनात्मक बिरोधमा उत्रन नसकेको भन्दै नेतृत्वको घुमाउरो पारामा आलोचनासमेत गरेका छन् । उनले अधिवेशन समयमा गर्नुपर्ने भएपनि काँग्रेस कता कता अल्मलिएको देखेको बिश्लेशण गरेका छन् ।

सम्पर्क समितिले अधिवेशन समयमा गराउन काँग्रेस नेतृत्वलाई दबाब दिन आग्रह गर्दै जिल्लामा कृयाशील सदस्यताको बिषयमा चनाखो भएर लाग्न निर्देशनसमेत दिए । उनले काँग्रेसमा अधिवेशनका बेलामात्र चलायमान हुने परम्परालाई हटाउँदै १२ महिला र ३६५ दिन नै चलायमान हुँदामात्र काँग्रेस बलियो हुने बताए । उनले समाबेशीता र मेरिटोक्रेशीलाई कसरी लाने भन्नेमा काँग्रेसले बहस गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।

डा कोईरालाले नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको रक्तदाल कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली काँग्रेसले आफ्नो पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा कम्परमाईज नगर्ने जिकिर गरेका छन् । उनले संघीयता धरापमा पर्न थालेको बताउँदै प्रधानमन्त्री ओलीले नै संघीयता धरापमा पर्ने कार्यको नेतृत्व गरेको हो कि भन्ने देखिन थालेको बताए ।

नेता डा कोईरालाले अहिलेसम्म कोरोना भाईरसको उपचार नभएकोले माक्स लगाउने, भौतिक दुरी कायम गर्ने, हात पटक पटक धुने, स्यानिटाईजरले हात सफा राख्ने उपाय मात्र कोरोना भाईरसबाट बच्ने उपाय भएको बताउँदै कोरोनाबाट बच्ने भ्याक्सिन नेपालमा आउन ८ महिना लाग्नसक्ने तर्क गरे । उनले सामाजिक सञ्जालमा भनेजस्तो सजिलो कोरोना भाईरसको औषधि सहज नभएको दाबी गर्दै डब्लूएजओले भौतिकको सट्टा सामाजिक दुरी कायम गर्नु भनेअनुसार गर्ने हो भने काँग्रेस समाप्त हुने भन्दै भौतिक दुरी कायम गर्दै सामाजिक दुरी कायम गर्नुपर्ने बताए ।

नेता डा कोईरालाले नेपाली काँग्रेस पुनस्थापना भएर बलियो अवस्थामा फर्कन सबै देशभरका कार्यकर्ताले महत्वपूर्ण योगदान गर्नुपर्ने भन्दै माहामारीका समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने सम्पर्क समितिलाई धन्याबादसमेत दिएका थिए ।

काठमाडौंको नयाँबानेश्वरमा आयोजित रक्तदान कार्यक्रममा नेपाली कँँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गर्दै पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सभापति सर्बसहमतीमा चयन गरे पार्टीका गुटउपगुट अन्त्य हुने  बिचार राख्दै त्यसका लागि पहल गर्न डा कोईरालालाई आग्रह गरेका थिए । आचार्यको सभापतित्वमा भएको कार्यक्रममा १३३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सासद दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुगं, पुर्व उपकुलपनि कुलप्रसाद कोईरालालगायत प्रबुद्ध नेताहरुको उपस्थिति थियो । कार्यक्रम संचालन महासमिति सदस्य एबम् सम्पर्क समितिका सचिव रामानन्द पण्डितले गरेका थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation