ओलीले थप दम्भ र अहंकारयुक्त भाषा प्रयोग गरेर प्रस्ताव ल्याएको प्रचण्डको टिप्पणी

 अर्थबुलेटिन संवाददाता   १३ मंसिर, २०७७




काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको जुहारी रोकिएको छैन ।  
आज सम्पन्न  सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावको काउन्टरमा छुट्टै प्रस्ताव पेश गरेका छन् । अध्यक्ष प्रचण्डले  ओलीले पेश गरेको प्रस्तावमा  ई आफ्नो कमजोरी महसुस गर्नुको सट्टा थप दम्भ र अहंकारयुक्त भाषा प्रयोग गरेर प्रस्ताव ल्याएको भन्दै ओलीको आलोचना गरेका थिए ।

सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ओलीमा विवाद समाधान गरेर अघि बढ्नु भन्दा पनि दम्भ र अहंकार देखाएर अघि बढ्न खोजेको भन्दै ओलीको प्रतिवाद गरेका हुन् ।

प्रचण्डले बोल्ने क्रममा गत साल माघमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकपछि ओलीले सिलसिलेवार ढंगले पार्टीको बदनाम गर्न शुरू गरेकोसमेत उल्लेख गरे ।

ुकेन्द्रीय कमिटीबाट यहाँसम्म आइपुग्दा तपाईंले केके गर्नुभयो ? त्यो याद होला, प्रचण्डले बैठकमा भने, ‘अध्यादेश, सांसद अपहरण, नेताहरूलाई आफ्नो खोपीमा बोलाएर पद बाँड्ने काम त तपाईंबाट भएकै हो । संसदमा तपाईले दिएका अभिव्यक्तिहरू कहिल्यै दोहोर्याएर सुन्नुभएको छ ?’

प्रचण्डले पार्टीमा देखिएको विवादको प्रमुख कारकतत्व ओली नै रहेको भन्दै बैठकमा आक्रोश पोखेका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation