आज चिनियाँ रक्षामन्त्री वेइ फेङहे नेपाल भ्रमणमा आउँदै

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं । आज  चिनियाँ रक्षामन्त्री वेइ फेङहे काठमाडौं आउँदै छन् ।  चिनियाँ रक्षामन्त्री फेङहे छोटो समयका लागि नेपाल भ्रमण आउन लागेका हुन । नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक दिने नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

केही  अघिसम्म भारतीय कूटनीतिज्ञहरूले काठमाडौंमा आएर उच्चस्तरीय भेटवार्ता गरिरहेका बेला चिनियाँहरुको पनि सक्रियता बढेको हो ।

भारतले आफूप्रति निरन्तर उठाएको चासोलाई सन्तुलनमा राख्न चिनियाँ राष्ट्रपति सी जिङफिङले रक्षामन्त्री फेङहेलाई नेपाल भ्रमणमा पठाएको विश्लेषकहरूले बताएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation