सरकारद्वारा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार पूर्वाग्रह र भ्रामक रहेको जिकिर

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई  अस्वीकार गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै सरकारले   अस्वीकार गरेको प्रष्ट पारेका हुन् ।

प्रवक्ता गुरुङले मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेमलनमा बोल्दै  मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा मान्य नहुने बताएका हुन् ।  सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने जिकिर समेत गरेको छ ।

रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation