मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच पार्टी एकता

 अर्थ बुलेटिन   २० सावन, २०७९



काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने निर्णय भएको छ । 

शुक्रबार बसेको माओवादी क्रान्तिकारी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ । 

बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका  संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका हुन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation