लिगलिगकोट दौड भदौ २५ गते हुने

 अर्थ बुलेटिन   १३ भदौ, २०७९



काठमाडौं । नेपाली सेनाको संयोजकत्वमा राष्ट्रव्यापी लिगलिगकोट–सिरानचोक–गोरखा दरवार म्याराथन दौड–२०७९ यही भदौ २५ गते हुने भएको छ । गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाले संयुक्त आयोजनामा  दौड प्रतियोगिता गोरखाको लिगलिगकोटमा हुनेछ ।

म्याराथन दौड भाद्र २५ गते विहान ६ बजे लिगलिगकोटबाट सुरु हुने नेपाली सेनाले जनाएको छ । म्याराथन दौडको दुरी ४० किलोमिटर रहेको छ ।

दौडमा सहभागी हुन क्यूआर कोड मार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिने छ । यस्तै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म लिई दर्ता गर्न सकिने नेपाली सेनाले जनाएको छ ।

म्याराथन संचालन हुने रुट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ्ग–ठूलो आँगन हुँदै गोरखा दरबार रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation