‘भजन मण्डल घर’ को उद्घाटनवहुउपयोगि भवन बनाउने समितिको योजना

 अर्थ बुलेटिन   ३ असोज, २०७९



काडमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ मा नवनिर्मित ‘भजन मण्डल घर’ को एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । 

काठमाडौं महानगरपालिकाको ९५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत गरी कुल रु ६० लाख ४२ हजारमा निर्मित भवनको महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभएको हो । 
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख डंगोलले राज्यको लगानीमा निर्माण सम्पन्न भएको यो भवन अधिकतम प्रयोगमा आउन सकोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुनसुकै वेलामा विना खवर आउँदा पनि भवनमा केहि न केही उपयोगि क्रियाकलाप भईरहेको देख्न पाउँ ।’

करिब १८ सय स्वार फिटक्षेत्रफलमा २ तला बनेको यो भवनको भुइ तलामा भजन मण्डल बनाउने र पहिलो तलामा युवा पुस्तालाई लक्षित गरी इ लाइव्रेरी बनाउने योजना रहेको भृकुटी टोल विकास समाजका पूर्ब अध्यक्ष सोमनाथ घिमिरेले बताउनु भयो । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै घिमिरेले भन्नुभयो, ‘हामि २ पुस्तालाई दिनभर एकै भवनमा राख्न सक्ने र दुई पुस्ताको विचमा हार्मोनि सृजना गर्ने कार्यमा यो भवनलाई अधिकतम प्रयोग गर्नेछौ । यो भवन वहुआयामिक प्रयोगकको भवन बन्नेछ ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका निवर्तमान अध्यक्ष ज्योतिकुमार श्रेष्ठले महानगरमा नमुना समितिका रुपमा भृकुटी टोल विकास समाज क्रियाशिल रहेको र यस क्षेत्रको विकासमा समाजले आफ्नै लगानीमा थुपै कार्यहरु गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले निरन्तर गरिरहेको सहयोगको लागि समिति आभारी छौ ।’

समाजका अध्यक्ष टिका रायमाझिको अध्यक्षमतामा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरपालिकाका शहरी विकास शाखाका प्रमुख राम श्रेष्ठ, वडा नं. १६ का सदस्यहरु हर्कवहादुर खाती र शारदा सुवेदीको उपस्थिति रहेको थियो । 

कलात्मक सामाग्रिहरुको प्रयोग भएको र वायो इन्जिनियरिङ कन्स्ट्रक्सनको प्राविधिक निरिक्षणमा निर्माण सम्पन्न भवनको उद्घाटन पश्चात महानगरका उपप्रमुख डंगोल, शहरी विकास शाखाका प्रमुख श्रेष्ठ सहित उपस्थित सबैले भवनको निरिक्षण गर्नुभएको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation