फेवाताल सरसफाई महाअभियान आरम्भ (फोटो फिचर)३३ वटा प्वाइन्टवाट एकैसाथ सरसफाई

 अर्थ बुलेटिन   २५ असोज, २०७९



पोखरा । फेवातालमा वढ्दो जलकुम्भि र प्रदुषणलाई न्यूनिकरण गर्दै ताल संरक्षण अभियानका रुपमा आजवाट ‘फेवाताल सरसफाई महाअभियान’ आरम्भ भएको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा आरम्भ भएको यो अभियानको पहिलो दिनमा सर्बसाधारण, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षा निकाय, विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधिहरु गरी हजारौको सहभागिता रहेको थियो । 

हाल पोखरामा जारी ‘नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ को सिलसिलामा असोज २५ गते आयोजित ‘फेवाताल सरसफाई महाअभियान’ फेवातालको डयामसाइडदेखि चङ्खपुरसम्म ३३ वटा प्वाइन्टवाट सरसफाई गरिएको महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का वडाध्यक्ष मोति राज तिमिल्सीनाले अर्थ बुलेटिनलाई जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान अबका दिनमा नियमित अघि बढ्नेछ । सरसफाई मात्रै होइन मिचिएको फेवाताल फिर्ता गर्ने वारेमा समेत अब महानगर अघि वढ्ने उहाँले बताउनुभयो । 

पहिलो दिन फेवातालवाट करिब २०० गाडि फोहर निकालिएको महानगरले बताएको छ ।

सरसफाई कार्यक्रमको केहि फोटोहरुः

 

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation