

३० बैशाख, २०८२ | 13 May, 2025
काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।
२०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित शंखरदेव क्याम्पस, वागवजारस्थित पद्यमकन्या क्याम्पस, घण्टाघर स्थित त्रिचन्द्र्र क्याम्पस, सरस्वती क्याम्पस लगायत देशभरकै करिब ६० आंगिक क्याम्पसहरुमा मतदान भईरहेको छ । छिटपुट वाहेक सामान्य अवस्थामा निर्वाचन जारी रहेको बताइएको छ ।