लोकतन्त्रको रक्षा चुनौती बन्दै : गृहमन्त्री श्रेष्ठ

 अर्थ बुलेटिन   १७ बैशाख, २०८०



 वैशाख । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा  माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । महोत्तरीमा आयाेजित एक कार्यक्रममा उनले लाेकतन्त्रलाई असफल बनाउन खाेज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए ।

'शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन,´ उनले भने । माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताए । उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हाे । सामाजिक, आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनकाे भनाइ छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation