फेरि पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध

 अर्थ बुलेटिन   २० बैशाख, २०८०



धादिङ। पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ ।धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको पुलको मुखमा जमिन भ्वाङ परेपछि फेरि सवारी आवागमन रोकिएको हो ।

सोमबार पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको थियो । फेरि बुधबार मध्यान्हबाट १२ बजेदेखि पुलको मुखमा सडक भ्वाङ परेपछि दुवैतर्फी सवारी आवागमन बन्द भएको हो । सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation