गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

 अर्थ बुलेटिन   ४ जेठ, २०८०



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको छानबिन गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साह र अमरेशकुृमार सिंहको प्रश्नको जवाफ दिँदै उनले देशमा भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन् ।

गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदनआश्रित हत्याकाण्डलगायत देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation