‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर

 अर्थ बुलेटिन   ४ जेठ, २०८०



काठमाडौं । सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ को उपाधी क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् ।

काठमाडौंमा बुधबार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए । यीमध्ये ’मिस्टर एण्ड मिस नेसनल नेपाल’ का विजेताले ’मिस्टर एण्ड मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शिर्षकअन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु घोषणा भए । समरोहमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन शुभकामना आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए । 

‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल सावित गर्न सक्नुहोस् शुभकामना छ । तपाइँहरूसँग हामी छौँ । देश चिनाउने अभिनयमा अगाडि बढ्न आग्रह गर्छु,’ मन्त्री लिम्बूले भने । उनले बजेटको विषयमा भईरहेको छलफलबाट समय निकालेर युवाको गतिविधीमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउँदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे ।

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कारले सहभागी सम्पूर्णको भविष्य उज्वलदेखेको बताए । ‘म एक सातादेखि नेपालमा छु । प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुआत गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिङ्ग्कारले भने । 

कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए । 

‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने मभन्दा ट्यालेन्ट नेपाली धेरै छन् । उनीहरुको प्रतिभालाई स्टेजसम्म ल्याउने कोशिश गरेको हुँ । मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पु¥याउने र जिताउने हो’, डा. उपाध्यायले भने । सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए । 

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation