नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन : प्रधानमन्त्री

 अर्थ बुलेटिन   ९ जेठ, २०८०



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभएको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नीतित तथा कार्यक्रममा छुटेका विषयलाई बजेटमा सम्बोधन गरिने बताए ।

राष्ट्रिय आकांक्षालाई आत्मसाथ गरेको नीति तथा कार्यक्रमले संघीयताको सुद्धृढीकरण, अर्थतन्त्रको संरचना पुनसंरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएको बताएका उनले अर्थतन्त्रको पुनर्संरचनालाई प्राथमिकतामा राख्दै  कृषि, उद्योग तथा सेवा क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने विषयलाई जोड दिइएको बताए ।

नीति तथा कार्यक्रममा राजनीतिक पूर्वाग्राह नराखिएको भन्दै उनले विगतदेखि राष्ट्रपति वा प्रधानमन्त्रीको नामसँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा रोजगार क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिइएको बताए । 

राष्ट्रिय महत्वका र दीर्घकालीन रुपमा प्रभाव पार्ने विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय र राष्ट्रिय प्राथमिकताका आयोजनालाई आगामी वर्षमा निरन्तरा दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप राजनीतिक खबर

चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका पदाधिकारीलाई

चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका पदाधिकारीलाई


नक्कली भुटानी शरणार्थी प्रकरण : बयानकै आधारमा पक्राउ गर्न मिल्दैन- गृहमन्त्री श्रेष्ठ

नक्कली भुटानी शरणार्थी प्रकरण : बयानकै आधारमा पक्राउ गर्न मिल्दैन- गृहमन्त्री श्रेष्ठ


सरकारको नीति तथा कार्यक्रम माथी आज पनि छलफल

सरकारको नीति तथा कार्यक्रम माथी आज पनि छलफल

नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले

नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले


भारत भ्रमणमा देशको हितविपरीतका कुनै पनि कार्य हुनेछैन : प्रधानमन्त्री

भारत भ्रमणमा देशको हितविपरीतका कुनै पनि कार्य हुनेछैन : प्रधानमन्त्री


गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री


जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


सम्भावित कार्यसूची, संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर

सम्भावित कार्यसूची, संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर


लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आह्वान

लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आह्वान



विज्ञापन

 

© 2023 - अर्थ बुलेटिन | Developed by Smart Innovation