आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै

 प्रकाश भट्ट   १७ असार, २०८०



काठमाडौं, १७ असार । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । 

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation