मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्वार

 अर्थ बुलेटिन   २५ असार, २०८०



मुगु । मुगुमा साेमबार एकै पटक हेलिकप्टरमार्फत दुईजना सुत्केरी महिलाको उद्वार गरिएकाे छ । छायाँनाथ रारा नगरपालिका-२ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाकाे हेलिकप्टरबाट उद्वार गरिएको हाे । 

दुवै सुत्केरी महिला र बच्चाको ज्यान जाेखिममा रहेकाे हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा, कमल ढुंगानाले बताए । उनका अनुसार एक जना सुत्केरी महिलाकाे बच्चा तेर्साे परेकाे र अर्को सुत्केरी महिलाकाे शिशुकाे टाउकाे ठूलाे भएकाले जाेखिम रहेकाे छ ।

यहाँकाे स्थानीय प्रशासन र अन्य सराेकारवाला निकायकाे समन्वयमा उनीहरुलाई उद्वार गरिएकाे प्रमुख जिल्ला अधिकारी माेहन थापाले बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation