धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या

 अर्थ बुलेटिन   २९ असार, २०८०



रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ । देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । साहको हत्या कसले र किन गर्‍यो भन्ने खुलिनसकेको र यसबारे अनुसन्धान थालिएको निरीक्षक साहले जानकारी दिए । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation