भक्तपुरमा २० साउनमा पदयात्रा हुने

 अर्थ बुलेटिन   १६ सावन, २०८०



भक्तपुर । पर्यटक प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले भक्तपुरमा पदयात्रा हुने हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा यसबारे सरोकारवालाहरुबीच भेला भएको छ । पदयात्रा २० साउनमा हुने जनाइएको छ ।

भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि पदयात्राको आयोजना गर्न लागेको नगर प्रमुख प्रजापतिले भने । भनपा वडा नं. १ को आयोजनामा भएको छलफल कार्यक्रममा वडाध्यक्ष श्यामकृष्ण खत्री, पूर्ववडाध्यक्ष लक्ष्मीनारायण खत्री, शिक्षिका बिकुलक्ष्मी कोजुले नगरपालिकाको आयोजनामा हुन लागेको पदयात्रा सफल पार्न सबैले सहयोगको आग्रह गरे । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation