पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

 अर्थ बुलेटिन   २१ सावन, २०८०



हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation