मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिएकोरोना झै महामरीको रूपमा फैलने खतरा

 अर्थ बुलेटिन   २९ सावन, २०८०



बेइजिङ। चीनको उत्तरी क्षेत्र भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ ।

गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ । अहिले उनीहरुलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ । डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग प्लेगको सबैभन्दा सामान्य रूप हो तर यो निकै खतरनाक महामारीमा परिणत हुन सक्छ। मध्य युगमा यसले लाखाैं मानिसकाे ज्यान लिएकाे थियाे । 

विज्ञप्तिमा पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शंकास्पदलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । सरकारका अनुसार पहिले श्रीमतीमा संक्रमण देखिएको थियो, त्यसपछि श्रीमान् र छोरीमा पनि लक्षण पोजेटिभ देखिएको थियो । तर, अहिलेसम्म सबै संक्रमित र उनीहरुको सम्पर्कमा आएका शंकास्पद व्यक्तिमा कुनै असामान्य लक्षण भने देखिएको छैन ।

उनीहरू सबैलाई औषधि दिइएको छ । अगस्टको पहिलो हप्तामा स्वास्थ्य आयोगले आफ्नो वेबसाइटमा बुबोनिक प्लेगको एक केसमा धेरै अंग विफलताका कारण एक बिरामीको मृत्यु भएको बताएको थियो। यो प्लेग संक्रमण मुसाबाट सर्छ।

डब्ल्यूएचओका अनुसार, ‘बुबोनिक प्लेग’ संक्रमित पिस्वाको टोकाइबाट हुन्छ। बुबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो। मध्य युगमा यसलाई ‘ब्ल्याक डेथ’ भनेर चिनिन्थ्यो। यसको मुख्य कारण प्लेग नामक ब्याक्टेरिया हो। यहाँ ध्यान दिनु पर्ने कुरा यो हो कि यो ब्याक्टेरियल संक्रमण हो, भाइरस होइन । त्यसैले एन्टिबायोटिकबाट पनि यसको उपचार सम्भव छ । ‘बुबोनिक प्लेग’ ब्याक्टेरियाको संक्रमणको कारणले हुन्छ ।

यो एक विशेष प्रकारको ब्याक्टेरिया, यर्सिनिया पेस्टिसको संक्रमणबाट हुन्छ। यो रोग सामान्यतया मानिसको शरीरमा टोक्ने प्रकृति भएका जनावरहरूका कारण फैलिन्छ, जुन प्रायः पिसाको सम्पर्कमा आउँछन्। कहिलेकाहीँ यस्ता पिसाराले मानिसलाई टोक्ने पनि गर्छ, जसका कारण यसको संक्रमणको जोखिम बढ्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय


विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation