२१ बर्षमा पनि सबै नागरिकले पाउन सकेनन् राष्ट्रिय परिचयपत्र परिचयपत्र प्राप्त गर्नमा शास्ती, राज्यले गरेका त्रुटिमा नागरिक दण्डित

 अर्थ बुलेटिन   १० भदौ, २०८०



कास्की । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रममा राज्यको सुस्तता प्रति ध्यानाकर्षण गराएको छ । 

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान विजुक्छेको नेतृत्वमा आज गएको प्रतिनिधि मण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउदै अविलम्व स्थानीय सरकार मार्फत वडा वडावाट सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलव्ध गराउन  माग गरेको छ ।  

सभापति विजुक्छेका साथमा गएको प्रतिनिधि मण्डलमा कार्यसमिति सचिव टुवराज वास्तोला, सहसचिव संघर्ष कोइराला, सहसचिव संजय आले र सदस्य रामचन्द्र शर्मा सहभागि भएको प्रवक्ता धनञ्जय पौडेलले बताउनुभयो । 

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले पेश गरेको ध्यानाकर्षण पत्रः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation