अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

 अर्थ बुलेटिन   ५ असोज, २०८०



काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी थिए।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation