एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

    २० कार्तिक, २०८०



भैरहवा । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ । दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले नियमित ग्राहकलाई लक्षित गरेर ल्याएको कुपनमा थप सहजता गर्दै भिजिटर ग्राहकलाई लक्षित गर्दै ५ हजारकै सामान खरिद गर्दा कुपन उपलब्ध गराउने भएको छ ।

५ हजार बराबरको लुगा कपडा किन्दा, ५ हजारको एउटै विलिङ रेष्टुरेन्टमा गर्दा र १० हजार सम्मको कुनै पनि बस्तु खरिद गर्दा लक्की ड्र कुपनको व्यवस्थालाई यथावत राख्दै आगन्तुक ग्राहकहरुलाई ‘लक्की ड्र’ योजनामा समावेश गर्नका लागिकम्पनिले पर्वको अवसरमा ५ हजारको एउटै विलमा कुपनको व्यवस्था गरेको कम्पनिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।

सुनौली भन्दा कम मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने दाबीका साथ ग्राहकहरुका लागि ३ करोड बढिको उपहार योजना ल्याएका छौँ । लक्की ड्र खुल्ने अवधि सम्म यी कुपन पाइने व्यवस्था रहेको र जसबाट एक जार जनालाई उपहारको व्यवस्था रहेको बन्जाडेले भने । 

दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले भारतिय बजार भन्दा गुणस्तरीय र सस्तो उपलब्ध गराउदै भव्य उद्घाटनको अवसरमा एक हजार नियमित ग्राहकलाई विभिन्न उपहार लक्की ड्र (गोलाप्रथा) मार्फत दिने जनाएको छ । मार्केटले यस अघि मंसिर ७ गते हरिबोधनी एकादशीको अवसर पारेर लक्की ड्र पारदर्शी तरिकाले खोलिने बताए पनि निर्माणको काममा ढिलाई र आर्थिक मन्दीका कारण २०८१ को पहिलो दिन उत्सवको रुपमा उपहार योजना खोल्ने कम्पनिका अध्यक्ष बन्जाडेले भने । 

दैनिक उपभोग्य बस्तु्का लागि भारतिय सिमावर्ती बजार जाने प्रवृतिलाई रोक्न, स्वास्थ्यलाई मध्यनजर गर्दै उपभोक्तामा गुणस्तरीय बस्तुको प्रयोगको सचेतना बढाउन मार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवा प्रदान गरिरहेको छ । जानी नजानी हामीले गुणस्तरहीन बस्तुहरु उपभोग गरिरहेको अवस्था गुणस्तरको शत प्रतिशत ग्यारेन्टी र बजार(मार्केट) भन्दा कम मुल्य उपभोग्य बस्तुहरु कम्पनिले उपलब्ध गराउदै आएको अध्यक्ष बन्जाडेले भने । 

घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्दै आएको मार्केटमा खाद्यान्न, फर्निचर, विधुतीय सामान, जुत्ता, चप्पल, गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट, क्याफे लगायत बस्तुहरुको हजारौ संकलन रहेको छ । बजार र अन्य मार्केटको अध्ययन गरी मुल्य र गुणस्तरमा मार्केटले ध्यान दिँदै आएको छ । उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउन, यस क्षेत्रका उपभोक्ता सुनौली गई राज्यको रेमिट्यान्स अबैध तरिकाले बाहिरीने परिपाटीको न्यूनिकरण गर्न, स्थानीय बजारको प्रवर्धन गर्न मार्केटको मुख्य उद्देश्य रहेको मार्केटका म्यानेजर दिपक भट्टराईले भने ।

‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास रहने हुदा त्यसलाई चिर्नका लागि एकै छानामुनि सबै बस्तुको संगालो ‘सपिङ सेन्टर’को अवधारणा ल्याएको कम्पनिका संचालक आवास बन्जाडेले भने । दैनिक करोडौ रकम नेपाली उपभोक्ताले सुनौलीमा खर्चेका छन, यसलाई रोक्न सके मात्रै राज्यको लाखौ रकम जोगिने र अहिलेको आर्थिक संकटमा सहयोगी बन्ने संचालक बन्जाडेले भने ।

उत्सवकै दिनमा लक्की ड्र पारदर्शी तरिकाले खोलिने छ । जस्को प्रथम पुरस्कारमा १० धुरमा बनेको ढाई तल्ला घर, दोस्रो पुरस्कारमा किया ब्रान्डको कार, तेस्रो पुरस्कारमा ३५० सिसीको बुलेट बाइक, र चौथो पुरस्कारमा भेस्पा स्कुटर एक–एक जनालाई रहेको छ । 

त्यस्तै १५ जनालाई एक टनको एसी, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई बासिंङ्ग मेसिन, २५ जनालाई ५५ इन्चको टिभी, १२५ जनालाई राइस कुकर र ८ सय १ जनालाई आइरन गरी एक हजार उपभोक्तालाई उपहार रहेको मार्केटले जनाएको छ । 
एनजी मार्केटसँगै कम्पनिले रियलस्टेट, पर्यटन व्यवसाय, हाउजीङ र पर्यटन व्यवसायमा लगानी गर्दै काम गर्दे आएको छ । कम्पनिले तिलोत्तमामा ११ विघा क्षेत्रफलमा प्लटिङ गरी १० धुर क्षेत्रफलमा २३ सय वर्ग फिटको घर १ करोड २५ लाख र १७ सय वर्ग फिटको घर ९९ लाखमा उपलब्ध गराउने योजनाका साथ बुकिङ खुला गरेको छ । उच्च स्तरीय निर्माण समाग्रीहरुबाट निर्मित भवन यस क्षेत्रकै सस्तो दरमा योजना ल्याएको कम्पनिको दाबी छ । कम्पनिले छिटै नै गुणस्तरी खाद्य बस्तुको वर्गीकरण गर्दै प्रसोधन र प्याकेजिङको उद्योग सुरुवात गर्न लागेको छ । 
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation