नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

 अर्थ बुलेटिन   २७ फागुन, २०८०



काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङ आक्रामणको भरपूर्ण फाइदा उठाउँदै २१२ रन बनाएको थियो । बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित सर्वाधिक ११० रन बनाएका थिए । मार्टिन कोट्जी २१ बलमा ३१ रनमा आउट भएका थिए । बाबर र मार्टिन प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट निकै महत्वपूर्ण हुनेछ ।

निजाकत खान र अंशुमन रथ पनि घातक बन्न सक्ने खेलाडी हुन् । शनिबारको खेलमा आजाज खानले ४ र एहसान खानले ३ विकेट लिएका थिए । यी दुई प्रमुख बलर हुन् ।

नेपालको ब्याटिङ शीर्ष क्रममा बढी निर्भर छ । कुशल भुर्तेल, विनोद भण्डारी र रोहित पौडेल प्रमुख ब्याटर हुन् । यी तीन मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

पहिलो खेलमा तीन ओभरमा ४८ रन खर्चेका राशिद खानको स्थानमा आज करण केसी खेल्ने बलियो सम्भावना छ । विवेक यादव र सन्दीप जोरालाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा सन्दीप २ र विवेक १ रनमा आउट भएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation