२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपाल भरी ४५० भन्दा बढि निशान किक्स बिक्री भएको उपलक्षमा आफ्ना ग्राहकहरुलाई बिषेश लाभ सहितको योजना सार्वजनिक गरेको छ ।
निशान किक्स नेपाली बजारमा भित्रीएको केहि महिनामै ग्राहकहरुको मन र बिश्वास जित्न सफल भएको छ ।
यस अवसरमा किक्सले सम्पूर्ण ग्रहाकहरुलाई आकर्षक अफरहरु प्रस्तुत गरेको छ। अफर मार्फत ग्राहकहरुले लगभग ४ लाख ५० हजार रुपैया बराबरको लाभहरू पाउन सक्नेछन ।
यसै अन्तर्गत मुख्यत २ लाख ५० हजारसम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको १२८ जीबिको एक्सचेन्ज बोनस ब्रान्ड न्यू आइफोन ११ दिने भएको छ ।
अन्य उपहार स्वरुप ग्राहकहरूले निःशुल्क वश्च हाई प्रेशर वाशर (Bosch High Pressure Washer), एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्ष सम्मको वारेन्टी सहित तीनै वर्ष सम्म निःशुल्क गाडी सर्भिसिंगको सुविधा पाउन सक्नेछन् ।