२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पुुन घटेको छ । नेप्से आज दुुई दशमलव ३७ अंकले घटेर ११ सय ६६ दशमलव २१ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३२ अंकले घटेर दुुई सय ५४ दशमलव २१ अंकमा झरेको छ ।
आज एक सय ७१ कम्पनीहरुको नौ हजार १८ वटा कारोबारमा २० लाख २९ हजार आठ सय १५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७२ करोड १६ लाख ४२ हजार नौ सय ६५ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा सात वटा समुहको सुचक घटेर रातो भएको छ भने पाँच वटा समुहको सुचक बढेर हरियो भएको छ । जसमध्ये वाणिज्य बैक समुहको सुचक शुन्य दशसमलव ८४ अंकले बढेर एक हजार ४२ दशमलव ५५ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि शुन्य दशमलव शुन्य एक अंकले बढेर पाँच सय ७८ दशमलव ३३ अंकमा चढेको छ । टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
विकास बैंक समुहको सुचक भने नौ अंकले घटेर १५ सय ८४ दशमलव ७४ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक शुन्य दशमलव ३७ अंकले घटेर नौ सय ४५ दशमलव ९० अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था, कञ्चन डेभलपमेन्ट बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा आखुु खोला जलबिद्युुत कम्पनी, गुुराँस लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् । कारोवार भएको रकमका आधारमा भने आज शिवम सिमेन्ट, नागरिक लगानी कोष आदि परेकाछन् ।