एनएमबि बैंकद्वारा जिवन विमा वापतको क्षतिपूर्ति विमा रकम हस्तान्तरण

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



काठमाडौं । एनएमबि बैंकले गोरखा जिल्ला भिमसेन गाँउपालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जिवन विमा वापतको क्षतिपूर्ति विमा रकम रु ७,००,०००। (अक्षेरुपी सातलाख रुपैया मात्र) हस्तान्तरण गरेको छ । 

बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख,  गणेश पराजुलीको उपश्थितिमा गोरखा स्थित बैंकका जेष्ठ सँस्थापक सदस्य  धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।

निजको छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीको तार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाट स्थित एनएमबि बैंकवाट वचत कारोवार गदैं आएका थिए । हाल एनएमबि बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation