“भूमेश्वर सहकारी”, पोखरामा गैर कानुनी बाटोवाट अध्यक्ष नियुक्तवित्तिय संस्थामा चरम राजनीतिकरण, जनप्रतिनिधिहरुको प्रत्यक्ष हस्तक्षेप

 अर्थ बुलेटिन   २ कार्तिक, २०८१



पोखरा । पछिल्लो समयमा सहकारीहरुको वेतिथि वाहिरीरहेका वेला पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिमा कार्यालय रहेको “भूमेश्वर बचत तथा ऋण सहकारी संस्था लि.” भित्रको विवाद सतहमा आएको छ । २०६५ सालमा स्थापना भएको यस सहकारीको १७औं साधारण सभा तथा छैंटौं अधिवेशका क्रममा गैर कानूनी वाटोवाट अध्यक्ष छनोट भए पश्चात यो विवाद सतहमा आएको हो । 

अध्यक्ष, उपाध्यक्ष र सहसचिवमा क्रमशः ३, २ र ३ जना उम्मेद्वारहरु प्रतिस्पर्धाको मैदानमा उत्रिएको र वाँकी रहेका सचिब, कोषाध्यक्ष एवं ६ जना सदस्यहरु लगायत ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका प्रत्यासीहरु धनन्जय पौडेल, विष्णु प्रसाद ढुंगाना र शुक्रराज पौडेल गरी ३ जना चुनावि मैदानमा रहेको, उपाध्यक्ष पदका प्रतिस्पर्धि गोविन्द के.सी. र जीवनाथ पौडेल एवं सहसचिव पदकालागि देउकाजि गुरुङ्ग, लेखराज पोख्रेल र हर्कबहादुर सुनारले दावी पेश गरेको निर्वाचन समितिले जनाएको छ । 

असोज १७ गते (घटस्थापना) का दिन अधिवेशन तोकिएको भए पनि अध्यक्ष, उपाध्यक्ष र सहसचिव पदमा सहमति नजुट्दा झण्डै २ साता पदाधिकारी चयन प्रक्रिया लम्विएको निर्वाचन समितिका संयोजक विदुर कुमार उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “सहमति जुटाउने प्रयासका लागि समय लाग्यो । दशैं पनि भित्रिएकाले कार्यतालिका दशै पछिसम्म लम्विएको हो ।” 

निर्वाचन समिति संयोजक उपाध्यायले थप भन्नुभयो “म सहकारीको विषयमा नयाँ हो । मलाई यसको बारेमा केहि थाहा छैन । केहि जनप्रतिनिधि र पुर्ब अध्यक्षहरुले जे जे गर भने मैले त्यहि गरिदिए । उहाँहरुले के प्रक्रिया अवलम्बन गरी हामिलाई अध्यक्ष, उपध्यक्ष र सह–सचिवको मनोनयन फिर्ता गराउनु आदेश गर्नुभयो थाहा छैन । सहजीकरणको अन्तिम अवस्थामा अध्यक्ष पदका ३ उमेद्वार मध्ये विष्णु प्रसाद ढुंगानाले फिर्ता गरेपनि वाँकी २ जना उमेदवार कायमै रहेका अवस्थामा एका एक सहजिकरण समितिले शुक्रराज पौडेलको नाम सिफारिस गरेकोमा म पनि आश्चर्य चकित छु । सहजीकरण समितिले निर्णय गरि खामबन्दि गरेर दिएको नतिजा मैले सार्बजनिक गरिदिएको मात्रै हो ।”

यद्यपि लामो समयसम्म पनि सहमति हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सहसचिव ३ पदका लागि मानक (मुल्याङकन मापदण्ड) निर्धारण गरी नकआउट प्रक्रियावाट छनोट गर्ने सहमति भएपनि सो नगरिकन ‘सहजीकरण समिति’ का नाममा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुसमेत रहेको १२ सदस्यीय गैर कानूनी समिति खडा गरी सो समितिको प्रत्यक्ष हस्तक्षेपमा समिति भित्रकै केहि व्यक्ति मात्रैले मतदान गरेर अध्यक्ष छनोट गरीएको समजीकरण समितिका एक सदस्यले बताए । हाल सहरकारीमा १०४२ जना सदस्य रहदा रहदै करिब ५/६ जना मात्रैले मतदान गरेर अध्यक्ष छनोट गरीएको उहाले बताउनुभयो । 

सहजीकरण समितिको नाउँमा बनेको समितिका सदस्यहरुको चैन केहि राजनीतिक पूर्वाग्रही व्यक्तिहरुको दबदवाबमा गरिएको, सदस्यहरुमा को रहने वा को नरहने भनि कुनै मापदण्ड नबनाइएको, यसैगरी नक आउट प्रणालिका लागि समेत कुनै पनि मापदण्ड नबनिकनै मनोमानी ढंगले सहजीकरण समितिले विभिन्न पदहरुमा नाम सिफारिस गरेको निर्वाचन समिति सदस्य राजेश्वर पौडेले वताउनु भयो । 

सहकारी ऐनको प्रावधान अनुसार ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएपनि सो नगरिएको, झण्डै १९ प्रतिशत दलित शेयर सदस्य रहेको यस संस्थाको नेतृत्वमा दलितको प्रतिनिधित्व शुन्य बनाइएकोमा सहसचिव पदका उमेदवार समेत रहेका हर्कबहादुर सुनारले गुनासो गर्नुभयो ।

संस्था दर्ता ऐन, २०३४, सहकारी संघिय ऐन, २०७४, गण्डकी प्रदेश सहकारी ऐन, २०७५ तथा भूमेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को विनियमावली, २०६५, मा निर्विरोध वा निर्वाचन (वहुमत) प्रणालिवाट मात्रै संस्थाका पदाधिकारी छनौट गर्ने प्रावधान भएको भएपनि सो को कार्यान्वयन नगरिकन साथै, संंचालक समिति वा चालु साधरण सभामा कुनै प्रस्तावन नगरिकन चोर वाटोवाट सहजिकरण समिति गठन गरिएको अध्यक्ष पदका प्रत्यासि धनन्जय पौडेलले बताउनु भयो । उहाँले थप भन्नुभयो “यस्तो सहकजीकरण समिति बनाउँदा कस्ता व्यक्तिलाई राख्ने, अध्यक्ष हुनका लागि योग्य व्यक्तिको मापदण्ड के रहने भन्ने लिखित आधार तयार नगरी गैर कानूनी र मनोमानी ढंगवाट अध्यक्ष नियुक्त गरिएको भन्दै आपत्ति जनाउनुभयो । यसैगरी, पाँचौं अधिवेसनमा पनि आफु निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित हुँदाहुदै पनि उमेद्वारी समेत नरहेका र सपथ ग्रहण पनि नलिएका हालै नवनिर्वाचित अध्यक्षलाई उपाध्यक्ष र आफुलाई सचिव पदमा रहनु परेको कारण पनि यस्तै सहजिकरण समिति भएको गुनासो गर्नुभयो । पदाधिकारी छनोटका लागि निर्विरोध वा निर्वाचन (वहुमत) प्रणालि मध्ये १ अवलम्वन गर्नुपर्नेमा यि दुबै पद्धति भन्दा वाहिर गएर अध्यक्ष चयन गरिएको भएपनि निजलाई निर्वाचन समितिले प्रदान गरेको प्रमाणपत्रमा निर्विरोध लेखिएकोमा आपत्ति जनाउनुभयो ।” उहाँले भन्नुभयो “मैले उमेद्वारी फिर्ता लिएको छैन, अझै मेरो उमेद्वारी कायमै छ ।”

सहजीकरण समिति सदस्यको प्रतिनिधिका रुपमा राजनीतिक संस्थामा प्रभावकारी भूमिकामा रहेका ऋणि व्यक्तिहरु र अन्नपूर्ण गाउँपालिकाका केहि जनप्रतिनिधिहरुको प्रत्यक्ष हस्तक्षेप रहेको नाम नखुलाउने शर्तमा सहकारीका एक पूर्ब पदाधिकारीले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिका केहि वडाका वडाअध्यक्षले यस सहकारीवाट ठुलो रकम ऋण लिएका छन् । उनले विगत लामो समय देखि ऋणको मासिक किस्ता र व्याज पनि तिरेका छैनन् । उनले सहकारीलाई विगतमा दिएका केहि चेकहरुपनि नसाटिएर बसेका छन् । पटक पटक ताकेता गर्दा नव निर्वाचित अध्यक्ष उनको ढाल बनेर रहेको निवर्तमान संचालक समितिका सामाजिक सेवा उपसमिति सदस्य लेखराज पोख्रेलले संचालक समितिको बैठकमा पटक पटक रोप प्रकट गरेको समेत उहाँले बताउनुभयो ।

सहकारीमा हाल कुल रु ७,८०,९१,५०० को  शेयर पुँजी, रु १५,८३,०६,२४८।०० को ऋण लगानी र बैंक मौज्दात करिब रु ७ करोड र कार्यालय निर्माण प्रयोजनका लागी करिव २.५ करोडको घडेरी रहेको निवर्तमान अध्यक्ष ज्ञानु के.सि. ले जानकारी दिनुभयो । संस्थाले लगानीवाट प्राप्त गरेको मुनाफावाट वोनस उपलब्ध तथा सदस्यहरुको वृहत्तर हितका लागी आयस्तर सुधार गर्न सिप मुलक तालिम, अवलोकन भ्रमण समेतका कार्यहरु संचालन गर्दै आएको उहाँले बताउनुभयो । आ. ब. २०८०÷०८१ लाई लगानि असुलि वर्षका रुपमा प्रयोग गरेको पनि उहाँले जानकारी दिनुभयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation