एनआईसी एशिया बैंकद्वार राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मानगोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरमा घोषणा

 अर्थ बुलेटिन   २६ बैशाख, २०८१



काठमाडौं । साउदी अरेबियामा हालै सम्पन्न ‘डव्लु ए एफ एफ वीमन च्याम्पियनसिप २०२४’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई बैंकले सम्मान गरेको छ । 

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही रु. २५००० र सम्मानपत्र सहित सम्मान गरेको हो ।

होटल हिमालयनमा आयोजित कार्यक्रममा बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित सम्मान कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै ‘डव्लु ए एफ एफ वीमन च्याम्पियनसिप २०२४’ को फाइनल सम्म पुगेर उपविजेता बन्न सफल भएको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation