माइग्रेन (स्वास्थ्य टिप्स–बिशेष)टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



माइग्रेन भनेको के हो ?

माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि नै सुरु हुनसक्छ । 

 

माइग्रेनका कारणहरु

हलसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाई सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको कार्यमा धेरै परिवर्तन आउँछ जसmे रत्तनली र मस्तिष्कवरिपरिका नसाहरु सुन्निन थाल्दछ । 

 

अन्य कारणहरु

  • बढी मानसिक चिन्ता लिनाले ।
  • चिया र कफीको मात्रा धेरै पिउनाले । 
  • समयमानै नसुत्नाले । 
  • गुन्द्रुक, तामा तथा शिशीमा राखिएका पुराना अचारको सेवनले । 
  • बढी मात्रामा दुखाई कम गर्ने औषधिहरु (पेनकिलर) को प्रयोगले । 

यस्ता कारणहरुले माइग्रेन हुने सम्भावना बढी हुन्छ । 

 

माइग्रेनका लक्षणहरु

माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे फरक हुने गर्दछन् । तिनमध्ये प्रायः

  • टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र करिब एक तिहाई बिरामीमा यो टाउकोको दुबै भागमा समेत हुने गर्दछ ।
  • टाउकोको कहिले एकापट्टी त कहिल अर्कोपट्टी दुख्दछ । 
  • इसटाउका टन्टनी दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखापर्न सक्छ । 
  • वाबवाकी लाग्न, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि समेत हुनसक्छ । 
  • टाउको दुखाई बल्झिनु भन्दा अभि कसैकसैमा चिडचिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाईहाई हुने, मिजाजमा एक्कासी परिवर्तन आउने आदि समेत हुन्छ । 
  • ग्यस्तै टाउको दुखाई सक्किएको करिब २४ घन्टासम्म बिरामीले थकान महसुस गर्ने गर्दछ । 

 

माइग्रेन कसरी पत्ता लगाइन्छ ?

माथि भनिएका लक्षहरुका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगनउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खास पर्दैन । यदि माथि भनिएका लक्षणहरु बिरामीको दुखाईसँग मिल्दैनन् भने चिकित्सकले मस्तिष्क सम्वन्धी अन्य कुनै परिक्षण गराउन सक्छन्, जस्तैः एम.आर.आई., सिट िस्क्यान आदि ।

 

माइग्रेन रोकथामका उपायहरु

माइग्रेनको कुनै निश्चित उपचार नभएतापनि हामी स्वयंमले तल दिएकाउपायहरु अपनायौं भने यसको दुखाईबाट धेरै हदसम्म आफूलाई बचाउन सक्छौं ।

  • माइग्रेन क्याफिनलृ गर्दा बढ्ने भएकाले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चकलेट, कम मात्रामा खानु राम्रो हुनेछ । 
  • राति एउटै समायमा सुत्ने बानी बसाउने ।
  • पुरानो शिशीको अंचार, गुन्द्रुक, तामा जस्ता खानेकुराहरु नखाने, साथसाथै पिरो कम खाने । 
  • राम्रो कुरा सोचेर चिन्तालाई मनबाटनै हटाउन खोज्ने । 
  • घाममा धेरै नबस्ने, नहिड्ने, यदि घाममा हिँड्नु परे छाताको प्रयोग गर्ने । 
  • दुखाई क मगर्ने औषधि (पेनकिलर) को प्रयोग कम गर्ने किनकि त्यस्ताखाले औषधि सेवन बढी गर्नाृले टाउकोको दुखाई एकछिन कम हुन्छ तर फेरि बल्झिन्छ । 

माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । माथि भनिएका उपायहरु अपनाउन सके यसको दुखाईबाट केहि हदसम्म आफूलाई बचाउन सकिन्छ र साथसाथै टाउको दुखाईको एउटा दैनिक तालिका बनाउन सके अझ सजिलो हुन्छ । किनकि यसले हप्ता वा महिनामा कति पटक टाउको दुख्ने गर्दछ भन्ने थाहा पाउन मद्धत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधि उपचार गर्न सक्नेछन् । 

सावार:नर्भिक इन्टरनेशनल हस्पिटल द्वारा प्रकाशित ब्रोसर



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation